काठमाडौं । हुण्डीका लागि तयारी अवस्थामा राखिएको १ करोड रूपैयाँसहित ३ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।
सीआईबीबाट खटिएको टोलीले विकास मित्तल, कमल मित्तल र प्रकाश पौडेललाई नियन्त्रणमा लिएको हो ।
०७७ कात्तिक १७ गते काठमाडौंको ओमबहादलबाट नियन्त्रणमा लिइएका मित्तलद्वय झापाका र पौडेल पर्वतका रहेको सीआईबीले जनाएको छ ।
नियन्त्रणमा लिइएका ३ जनामाथि अहिले अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।