About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
प्रदेश २: संसदीय विकास कोष रकममा व्यापक भ्रष्टाचार, कामै नगरी ठेक्केदारलाई ४० लाख भुक्तानी

खोज केन्द्र सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरको संसदीय बिकास कोषको रकममा व्यापक अनियमितता भएको पाईएको छ ।

महोत्तरीको क्षेत्र नं. ३ बाट निर्वाचित समाजवादी पार्टीका अध्यक्ष ठाकुरको संसदीय विकास कोषबाट पोखरी सौन्दर्यीकरणमा नाममा छुट्टयाईएको ५० लाख रकममा व्यापक अनियमितता भएको पाईएको हो ।

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बेहडा गाउँमा रहेको साहुजी पोखरी निर्माण तथा जिर्णोद्धारका लागि सांसद ठाकुरको संसदिय विकास कोषबाट छुट्टयाईएको ५० लाख कामै नगरी भुक्तानी गरिएको पाईएको छ ।

गत आर्थिक वर्ष २०७६÷०७६ मा पोखरी सौन्दर्यीकरण तथा जिर्णोद्धारका लागि गाउँपालिकाले १० लाख ५० हजारको खर्चमा डिपिआर तयार गरी थालिएको काम पुरा नहुँदै भुक्तानी दिईएको छ ।  

साहुजी पोखरी निर्माण तथा जिर्णोद्धारका लागि एकडारा गाउँपालिकाले गत अषाढको भारी वर्षातमा राज ईन्टरप्राईजेज जलेश्वरलाई २० दिनमा काम सक्ने गरी ठेक्का कबोल गरेको थियो ।

कामै नगरी ठेक्केदारलाई ४० लाख भुक्तानी

पोखरी निर्माणका लागि गाउँपालिकाले राज ईन्टरप्राईजेजसंग मुल्य अभिबृद्धि कर बाहेक ४० लाख ८७ हजार ८ सय ९३ रुपैयाँमा २०७७ अषाढ ८ गते सम्झौता गरेको थियो । सम्झौता भएको २० दिन अर्थात अषाढ २८ गते भित्रमा काम गरिसक्नुपर्ने भएपनि हालसम्म ठेकेदारले कामै नगरी ३७ लाख ८ हजार ५ सय ८६ रुपैया भुतmानी लिइसकेको कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्याङकमा उल्लेख छ ।

असाढ मसान्तमा बाढी आएकै बेला गाउँपालिकाले पोखरी सौन्दर्यकरणका लागि ठेक्केदारसँग सम्मmौता गर्नुले उनिहरुको नियतमा प्रश्न चिहन उठेको छ । स्थानीय रामस्नेही मण्डलले भने, ‘४० लाखको काम सकाउन २० दिनको समय आफैमा नीतिगत भ्रष्टाचार हो । एउटा सामान्य मानिसले समेत आँकलन गर्ने कुरा हो । भौतिक पूर्वाधार निर्माण समय लाग्छ भनेर तर यहाँ अनियमितताकै निमित्त अषाढ मसान्तमा सम्झौता गरेरे पुरै रकम भ्रष्टाचार गरेको छ ।’

अषाढ मसान्तको अन्तिम समयमा काम गर्न नसक्ने यर्थात थाहा हुँदाहुदै पनि गाउँपालिका र ठेकेदारसंगको २० दिने सम्झौतामै नीतिगत भ्रष्टाचार भएको नेपाल विद्यार्थी संघ महोत्तरीका अध्यक्ष आशुतोष झाको भनाई छ । झाले भने, ‘ ठेक्केदारले जनप्रतिनिधीहरुको मिलोमत्तो कमिशनको तालमेल गरेर भुक्तानी लिइसकेको छ, तर काम एक सुक्को पनि भएको छैन ।’

यसै सम्बन्धमा एकडारा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद ठाकुरलाई फोन गर्दा उनले जवाफ दिन मानेनन् । एकडारा गाउँपालिका ५ का वडा अध्यक्ष शेराजुल अञ्सारीले आफुलाई पोखरी ठेक्का सम्बन्धमा केही जानकारी नरहेको प्रतिक्रिया दिए ।

गाउँपालिकाका अध्यक्ष रामछबिला साहले समेत जवाफ दिन पन्छिदै गाउँपालिकाको योजना नभएको बताउँदै सबैकाम माथिबाटै हुने गरेको बताए । उनले भने, ‘गाउँपालिकाको योजनामा म सबै बताईदिन्छु , तर संसदीय बिकास कोषको रकममा सबै माथिबाटै भएर आउँछ, हामीलाई केही थाहा हुदैन् ।’ साहले भने, ‘तपाई आउनुस् काम भए नभएको संगै हेर्न जाउँला, यो भन्दा बढी मलाई थाहा छैन् ।’

सम्बन्धित

ताजा अपडेट
धनुषा : सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी, जताततै मेयर साहको बिरोध
प्रदेश २: धनुषा, सिरहा र महोत्तरीमा सोलार प्लान्ट बाट ११७ मेगावाट विद्युत्
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]