प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज कुमार कुशवाहाले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.)को जन्मदिनको अवसरमा शुभकामना दिदै मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गर्न आग्रह गरेका छन ।
राज्यमन्त्री कुशवाहाले मुस्लिमहरूको महान पर्व इस्लाम धर्मका प्रवक्ता पैगम्बर हजरत मोहम्मदको जन्मदिनको पावन अवसरमा यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको बताए ।
कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने जोड दिए ।