About Contact
१७ फाल्गुण २०७७, सोमबार
Close
बिज्ञापन
कोरोना कहरकाबीच विहारमा मतदान सुरु

खोज केन्द्र बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालको सीमावर्ती भारतीय प्रान्त विहारमा विधानसभाको २४३ सिटका लागि आज (बुधवार) पहिलो चरणको मतदान सुरु भएको छ ।

विहार विधानसभा चुनाव भारतमा कोरोना महामारीबीचको पहिलो चुनाव हो । पहिलो चरणमा विहारका १६ वटा जिल्लाका कुल ७१ सिटका लागि मतदान भइरहेको छ ।

पहिलो चरण अन्तर्गत भारतको केन्द्रिय सत्तारुढ गठबन्धनको तर्फबाट विहारका वर्तमान मुख्य मन्त्री नितिश कुमार पार्टी जनता दल युनाइटेडले ३५ सिटमा, भाजपाले २९ सिटमा, जितन राम माझीको हम–एसले ६ सिटका लागि र वीआईपी पार्टीले १ सिटका लागि चुनाव लडेका छन् ।

उता विपक्षी गठबन्धनमा विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको पार्टी आरजेडीले ४२ सिटमा, कांग्रेसले २१ सिटमा र सीपीआईएमएलले ८ सिटमा चुनाव लडिरहेका छन् ।

यसैगरी पहिलो चरणमा लोक जनशक्ति पार्टीले ४१ स्थानमा उम्मेदवार खडा गरेको छ । उक्त दलले पहिलो चरणमा सत्तारुढ दल जनता दल युनाइटेडको विरुद्ध सबै ३५ स्थानमा उम्मेदवार खडा गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
झा दम्पतिको वेपत्ता प्रकरण: डिआईजी सिंह भन्छन – छिटै अपराधी सार्वजनिक हुन्छ
सर्मिष्ठाले सुसाईड नोट लेख्दै भनिन ‘राहुललाई कारवाही होस’
नागरिकता माग्दै धनुषामा प्रदर्शन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]