पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले बिजया दशमीको उपलक्ष्यमा देशवासीको नाउँमा सन्देश दिदै राजनितिक दलको गतिबिधि प्रति चिन्ता ब्यक्त गरेका छन ।
नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ । बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे दाबी गरेका छन ।
काेरोना संक्रमतिको उपचार नगर्ने सरकारको निर्णयप्रति पनि राजा अाक्राेशित हुंदै नेपाली जनतालाइ काेराेना उपचारबाट पन्छिने सरकारको निर्णयप्रति दु :ख जनाएका छन ।
गणातन्त्रवादी सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका नागरिकलाई भरपर्दो अभिभावकीय भूमिका दिन नसकेको र अहिले नेपाली जनता अभिभावकविहीन बन्न पुगेकोमा अाफुलाइ पीडा भएकाे सन्देशमा भनिएको छ ।
संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ।’
नेपाल र नेपाली जनतालाइ गर्नु पर्ने कर्तब्य पुरा नगरेकाेमा अाक्राेश व्यक्त गरिएको छ । ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ।
आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर जब हामी व्यक्तिबाद, समूहबाद तर्फ उन्मुख हुन्छौं तब स्थिर, सुदृढ र सन्तोषजनक राष्टिय परिणाम प्राप्त हुनसक्दैन ।
महंगी, काला बजारी तथा अत्यावश्यक वस्तुकाे अभाव भएर नेपाली जनता एकछाक खान नपाएकाे अवस्था तथा समाज बढीरहेकाे हत्या हिंसा बलात्कार जस्ता कार्यहरू देखेर चिन्तित छु ।
दैनिक जीवनको अत्यावश्यक वस्तुको मुल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले हाम्रो जन जीवन पिरोलिएको छ । अनि समाज अनेक अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट उन्मुत्ति चाहिरहेका छन् ।
त्यसैगिर राजाबाट काेराेनाका कारण स्वदेशमा अाएका युवाहरूलाइ राेजगारी नदिएकाे , उनीहरूकाे श्रम शिपकाे सदूपयाेग नगरेकाे र युवाहरू काेराेनाकाे महामारीमा पनि पुन विदेशीन बाध्य पारेकाे अवस्थाप्रति चिन्ता ब्यक्त गरेका छन ।
स्वदेशमा नै राेजगार र उनीहरूकाे शिप र श्रमकाे कदर गर्न गणतन्त्रवादी सरकारलाइ अाग्रह गर्दै भने- बिदेशमा गएर रोजगारीमा लागेकाहरु संकटमा छन् भने देश भित्र उनीहरुको श्रम, शिप सदूपयोग गर्ने कुनै बन्दोबस्त भइरहेको छैन ।
त्यसैले देश, समाज र परिवारको मोह ममताले आएकाहरु पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ । राहत, रोजगार र रोगको उपचारको भरपर्दो आड आधारको आवश्यकता महशुश गराउन सकिएको छैन ।