About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !

खोज केन्द्र बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का  प्रमुख सामन्तकुमार गोयल र उनकाे साथमा आएका रअका  निर्देशक अरूण जैनसहितकाे टाेली  स्वदेश फर्किएकाे छ ।

२०७७  कात्तिक ५ गते  बुधबार ९ सदस्यीय टोलीको नेतृत्व गरेर सुटुक्क नेपाल आएका गोयल कात्तिक ६ गते   बिहीबार स्वदेश फर्किएका हुन् । रअ भारतको प्रधानमन्त्री अन्तर्गतको विशेष गुप्तचर निकाय हो ।

बिहीबार बिहान ९ः१५ बजे त्रिभुवन अन्तर्राष्टिय विमानस्थल पुगेका उनी ९ः४५ बजे स्वदेश फर्किएको स्रोतले जनाएको छ । 

गोयल भारतीय सेनाका जनरल थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण तयारीका लागि नेपाल आएको बताइन्छ । नरवाणे २०७७ कात्तिक १८ गते नेपाली सेनाको निमन्त्रणमा नेपाल आउँदैछन् । तर उनले नेपाली सेनाका जिम्मेवार  कसैलाई पनि नभेटेको बताइएको छ । 

 

“भारतीय सेनाध्यक्ष नरवाणेको आसन्न भ्रमणको तयारीका लागि गोयल नेपाल आएको बताइए पनि उनी नेपाली सेनाका कुनै पनि अधिकारीसँग भेटवार्ता नगरी स्वदेश फर्किएका छन्,” स्रोतले भन्यो । 

 

भ्रमणका क्रममा गोयलले प्रधानमन्त्री तथा रक्षा मन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । स्रोतका अनुसार, गोयलले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीका रुपमा नभएर रक्षा मन्त्रीको हैसियतमा भेटेका हुन् । मन्त्रिपरिषदको पछिल्लो हेरफेरमा प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी ईश्वर पोखरेलबाट  लिएर आफैंसँग राखेका छन् । 

 

गोयलसँगको भेटमा भारतीय सेनाध्यक्ष नरवाणेको आसन्न भ्रमणबारे कुराकानी भएको बताइएको छ । 

 

गोयलले नेकपाकै अर्का अध्यक्ष प्रचण्ड, नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि भेटेका छन् । यही क्रममा परराष्टमन्त्री प्रदीपकमार ज्ञवालीसँग पनि गोयलले संवाद गरेको बताइएको छ । 

 

कूटनीतिक भेटवार्तालाई मर्यादित बनाउन कूटनीतिक आचारसंहिता जारी गरिएको छ । तर गोयलसँगको भेटवार्तामा त्यसको पालनामा दल र तिनका नेता उदासीन रहँदै आएका छन् । यसपटक गोयलसँगको भेटमा प्रधानमन्त्री र रक्षामन्त्रीले परराष्टका कर्मचारी राखे पनि पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, शेरबहादर देउवा, बाबुराम भट्टराई र माधवकुमार नेपालले कूटनीतिक आचारसंहिताविपरीत भेटेको आरोप लागेको छ । त्यस्तै, प्रोटोकल ख्याल नगरी अनावश्यक रुपमा गोयलसँग भेटेको आरोप पनि उनीहरुलाई छ । भेटवार्तालाई लिएर चौतर्फी आलोचना बढेपछि प्रचण्डले भने यसको खण्डन गरेका छन् । उनले गोयलसँग आफूले कुराकानी नै नगरेको दाबी गरेका छन् । 

 

मधेसवादीलाई दिएनन् भेट 

 

भारतीय पक्षको तर्फबाट हुने साना ठूला भेटमा मधेसवादी दल संलग्न हुने गरेका छन् । अक्सर भेटमा उनीहरु छुट्दैनन् । तर यसपटक भने मधेसवादी दलका नेताहरु छुटेका छन् । बाबुराम भट्टराईलाई पूर्वप्रधानन्त्रीको हैसियतमा गोयलले भेटे पनि मधेसवादी दलका अन्य कुनै पनि नेतासँग संवाद नगरेको स्रोतले जनाएको छ ।

 

सीमा विवादले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर नरहेका बेला रअ प्रमुखबाट भएको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । लिम्पियाधुरा समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ । त्यसयता अहिलेसम्म दुई पक्षबीच उल्लेखनीय संवाद हुन सकेको छैन ।

कूटनीतिज्ञहरु दुई देशबीचको सम्बन्ध तिक्त रहेका बेला रअ प्रमुखले सम्बन्ध सुधारका लागि भेटवार्ता गरेको हुनसक्ने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । तर कूटनीतिक मर्यादा नाघेर गोयलले भेटवार्ता गरेको भन्दै आलोचना पनि उत्तिकै भइरहेको छ ।

रअ प्रमुखले के के विषय उठाए ?

 भीआइपी र भीभीआइपीहरूकाे भेटमा रअ प्रमुख गाेयल टाेलीले नेपाल चीनतिर ढल्किएकाे  भन्ने   भारतीयहरूकाे  साेच र  टिप्पणीका बारेमा गंभीर ढंगले कुरा राखेकाे स्राेत बताउछ । भारतीय पक्षले  भारतले सीमा मिचेकाे नेपालकाे ठहर,  लेपुलेककाे  नक्सा जारीका सम्बन्धमा उठेका  विषयहरू पनि उठाएकाे स्राेत बताउछ । साथै  भारतीय जनरलकाे नेपाल भ्रमणकाे समयमा जनस्तरबाट हुन सक्ने सम्भावित विराेध र  सुरक्षा सवालका विषयहरू  पनि राखेकाे स्राेत बताउछ । 

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]