जनकपुर – प्रदेस २ का मुख्यमन्त्री र मन्त्रीहरुलाई जनकपुरबाट लखेट्ने उपभोक्ताहरुले चेतावनी दिएका छन । मुख्यमन्त्री र मन्त्रीहरुको गैरजिम्मेवारी तथा अनपेक्षित लोभका कारण उपभोक्ताको रकम नदिएको भन्दै उपभोक्ताहरु आक्रोशित भएका हुन ।
यूथ एक्सन फोर्स, जनकपुरका कोषाध्यक्ष समेत रहेका उपभोक्ता दिपक यादवले पुस १७ गते पछी प्रदेस २ का मुख्यमन्त्री र मन्त्रीलाई लखेटने र उनीहरु सवारगाडिलाई निषेधित गर्ने चेतावनी दिएका छन । “१५ गते प्रदेस सभा घेराउ गरेर सांकेतिक बिरोध गरेका हौं ।” यादवले भने -“काम गराएर भुक्तानी रोक्न मुख्य चल्खेल मुख्यमन्त्री लालबाबु राउत र उनका मातहातका कार्यालयको हो । बन पर्यटन तथा उद्दोग मन्त्री नरेश राय, समाजिक बिकास मन्त्री नवलकिशोर साह र अर्थ मन्त्री बिजय यादब दोषी हुन । भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलसमेत उपभोक्ताको भुक्तानीका लागि खासै पहल नगेरेकाले बाध्य भएर लखेट्ने तथा निषेधित गर्ने कार्यक्रम ल्याएका छौं ।”
“मुख्यमन्त्री राउतले धनुषा, महोत्तरी र सिरहाका उपभोक्तालाई हेपेर राखेको छ । मुख्यमन्त्री राउतले आफ्नो गृह जिल्लाका उपभोक्तालाई समयमै भुक्तानी गरिसकेका छन । यति मात्र नभएर मुख्यमन्त्री राउतका स्वकीय सचिब जितेन्द्र यादब हरसमय कमिसनको मात्र कुरा गर्छ । तर भुक्तानी दिदैन्न ।” – अर्का उपभोक्ता सुबोध मण्डलले आक्रोस पोखे ।
गत आर्थिक बर्षको प्रदेस सरकारले ९२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसको लागि मन्त्रालयले पटक पटक अनुगमन समेत गरेको छ । काम भएको रकम भुक्तानी नदिदा आफुहरु पिडित भएको यादबले सुनाए ।
समाजिक विकास मन्त्रालयतर्फ मन्त्रालयले ९२ लाखका दुई योजनाको भुक्तानी गरेको छैन । प्रदेश वन निर्देशनालयले १७ करोड ६६ लाख बराबरका दुई सय योजनाको भुक्तानी दिएको छैन ।
आव ०७५/७६ मा संसदीय विकास कार्यक्रमअन्तर्गत प्रदेश सांसदलाई १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । योजना सम्पन्न गरेर भुक्तानीका लागि असारको पहिलो साता नै पेस गरिएको फाइल ‘कमिसन’ कै कारण अल्झाएको टिकाटिप्पणी भैरहेको छ ।