About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

खोज केन्द्र बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको सहिद नगर नगरपालिका वडा नं ५ का डेढ दर्जन नेताकार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार सहिद नगरपालिका वडा नं ५ स्थित बिर्ता चौकमा वडा वडास्तरीय दसैंको शुभकामना आदानप्रदान कार्यक्रम बीच उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेको हो ।

झन्डै दुईतिहाइको शक्तिशाली सरकार केन्द्र र स्थानीय तहमा नेकपाको सरकार भएपनि जनताको भावना अनुसार नचलेको भन्दै उनीहरू नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश हो ।

पार्टी प्रवेश गर्नेमा राजदेव कापर,शिवचरण कापर,राम सोगारथ मुखिया,सीता राम मुखिया,मंगला मुखिया,राम चन्द्र मुखिया,प्रकाश मुखिया,लक्ष्मण मुखिया,रघुवीर मुखिया,रत्न मुखिया,मुकेश कापर,तेजिया यादव, कपिल यादव बली मुखिया,बिन्दे यादव, जोगिन्द्र साफी र नारायण माझी रहेका छन् ।

नवप्रवेशी नेता कार्यकर्तालाई नेपाली कांग्रेसका जिल्ला सदस्य तथा सहिद नगरपालिकाको मेयर प्रत्याशी देबेन्द्र भ्रखेर,बिजय साह र वडा अध्यक्ष राम रतन पासवानले अबिर लगाएर पार्टीमा प्रवेश गराएको हो ।

पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा विन्दी साह,राम अवतार साह,वडा सदस्य विष्णुदेव यादव,संजोगिया कापर,विजय कापर,मनोहर कापर, अरुण मडल,श्रीलाल कापर,घुरण मुखिया र विन्देश्वर मंडल लगायतको उपस्तिथि रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]