About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
सदस्यले लगाएको ताला वडाध्यक्षले फुटाए

खोज केन्द्र मंगलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, कातिक ४ । जनकपुरधाम उप–महानगरपालिका–३ को कार्यालयमा तालावन्दी गरेको तालावन्दी वडाध्यक्षले फुटाएका छन् । कार्यालयमा विधिको शासन लागु पर्नुपर्ने लगायतका माग राख्दै वडा सदस्यहरुले हिजो तालावन्दी गरेका थिए ।

जनकपुरधाम उप–महानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहले एकलौटी गर्ने गरेको भन्दै उनीहरुले तालावन्दी गरेका थिए । तालावन्दी हिजो गरिएपनि उनीहरुले आज भने सञ्चारकर्मीहरुलाई जानकारी दिएका हुन । वडास्तरीय बजेट के कसरी खर्च भए आफुहरुलाई केहि थाहा नभएको र सोध्न जाँदा उनीहरु मेयर लाल किशोर साह संग सोध्नु भनेर अटेरी गरेका कारण आज ४ महिना पछि हामी तालावन्दी गर्न बाध्य भएको एक वार्ड सदस्यले भने ।

आज बसेको वैठकवाट वडाध्यक्ष दिपेन्द्र साहले ४ दिनमा गत आर्थिक बर्षको हरहिसाव वडासदस्यलाई दिने बताएका छन् । तर, त्यहि वडाका वडासदस्य सुनिता मेस्तरनी भने उप–महानगरपालिकाको वोर्ड सदस्य भएपछि उनलाई भने हर हिसाव नदिने वडाध्यक्षले भनेका मेस्तरनीले बताइन ।

उनीहरुले आफुहरु विगत ४ महिना देखि वडास्तरीय बजेट, वडाको कामकारवाहीको विषयमा जानकारी लिन चाहेपछि विभिन्न बाहानाबाजी गरि सवै प्रश्नको जवाफ मेयर संग माग भन्दै पन्छेपछि आफुहरु बाध्य भएर तालावन्दी गरेको उनीहरुको गुनासो छ ।

वडाध्यक्षको रवैयाले आजिज भएका वडासदस्यहरुले वडास्तरीय बजेटकालागि पनि मेयर निरनै जानुपर्ने हो भने वडाकार्यालयको स्थापना किन भएको हो भनि प्रश्न गरेका थिए । सो वडामा दीपेन्द्र साह वडाध्यक्ष हुन भने शत्रुधन भगत, कुशेश्वर दास, ववि कर्ण र सुनिता मेस्तरनी वडासदस्य हुन । मेस्तरनी बोर्ड सदस्यपनि हुन ।

वोर्ड सदस्य भने वडाध्यक्ष बराबरको सेवा सुविधा पाउने भएपनि वडाध्यक्ष दीपेन्द्र साहकोले भने उनीमाथि दवाव दिँदै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]