About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
धनुषामा तस्करी: भारी परिनाममा अवैध भन्सार चोरी निकासीका समानहरू

खोज केन्द्र सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषा प्रहरीले भारी परिनाममा अवैध भन्सार चोरी निकासीका समानहरू पक्राउ गरेको छ ।

गस्तीमा खटिगएको प्रहरी टोलीहरुले जिल्लाका बिभिन्न स्थानहरुबाट ५ लाख १५ हजार १ सय २५ मूल्य बाराबरका समानहरु बरामद गरेको हो । 

धनुषाको जनकपुर उप-महानगरपालिका ७ भमरपुरा चोक नजिक प्रदेश २-०२-००२ प. २७५७ नं.को मो.सा.मा ल्याउदै गरेको केष्ट्रोल एक्टिभ नामक मोविल ७२ डिब्बा (प्रति डिब्बा १ लिटर) रु.३७ हजार ४ सय ४० र मो.सा. रु. १ लाख गरी जम्मा रू. १ लाख ३७ हजार ४ सय ४० बराबरको समान बरामद भएको हो ।

प्रहरी चौकी जिरोमाईल धनुषाबाट प्र.ना.नि.को कमाण्डमा र २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको सादापोशाकको संयुक्त प्रहरी टोलीलाई देख्ना साथ समान सहित मो.सा. छाडी मानिस फरार भएको हुन ।।उक्त समान र मो.सा. नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ । 

धनौजी गा.पा.४ तरही स्थितमा धनौजीबाट २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सयुक्त रुपमा खटि गएको टोलीले जनकपुरबाट तरही तर्फ जादै गरेको ज १ ह ४५०६ नम्बरको टेम्पोलाई रोकी चेकजाँच गर्दा उक्त टेम्पोमा २५ के.जि.दरको १६ बोरा अं. ४०० के.जी. अं. मुल्य रु ३२ हजार र टेम्पो रु. ३ लाख गरी जम्मा रू. ३ लाख ३२ हजार बराबरको समान र टेम्पो चालक धनुषा जनकपुर उ.म.न.पा.२५ बस्ने अं. वर्ष ३५ को शेष फकिर समेतलाई नियन्त्रणमा लिई कारवाही अगाडी बढाईएको छ । 

धनुषा मुखियापट्टी मुसहरनिया गा.पा.२ स्थितमा प्रहरी चौकी तुलसियाही धनुषाबाट खटि गएको प्रहरी टोलीले २ बोरा महिलाले लगाउने भित्री बस्त्र ( ब्रा ) , गमछा रू. २० हजार बराबरको र ऐ. ३ स्थितबाट ४० के.जी सुर्ती रू. २० हजार र विस्कुट ४ काटुन रू ५ हजार ६८५ गरी जम्मा रू. ४५ हजार ६८५ बराबरको समान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ । 

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]