About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
धनुषा: सिमामै अबैध मदिरा उत्पादन र बिक्री, प्रहरी प्रशासन बेखवर !

खोज केन्द्र सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाल भारत सिमा भन्दा पाँच सय मिटर भित्रमा मदिरा उत्पादन तथा पसल खोल्न दुबै देश बीच सहमती भएपनि धनुषाको बिदेह नगरपालिका वडा नम्बर २ स्थित दुहबीमा पसल संगै अबैध मदिरा समेत उत्पादन गर्ने गरेको छ ।

कोरोना कालमा सिमा प्रहरी चौकी दुहबीका सई हिलस कुमार सिंहले सेटिङ्गमा पसल खोल्न र अबैध मदिरा  उत्पादकहरु संग मोटो रकम लिई मदिरा उत्पादक तथा होटल खोल्न प्रोत्साहन गरेको छ । भारतमा मदिरा प्रतिबन्ध रहेका कारण दिन भरि भारतीय ग्राहक खचाखच भरिएको हुन्छ ।

यस्तो बेला कोरोना जोखिम समेत बढेकाले सई सिंहले पसल बन्द गराउनुको सट्टा घुमुवा चन्द्र सिंहलाई परिचालन गरी त्याहाँका होटल सञ्चालक बिरेन्द्र साह संग प्रति महिना १५ हजार रुपैयाँ लिने गरेको साह आफैं बताउँ छन् । 

सरकारले प्रतिबन्ध लगाएको तथा दुबै देश बीच पाँच सय मिटर भित्रमा मदिरा उत्पादन तथा बिक्रि बितरण बन्द गरिएको भए पनि स्थानीय प्रहरीले गरेको यस्तो हर्कतलाई निकम्मापनको संज्ञा दिएको छ ।

कोरोना महामारीमा मदिरा उत्पादन तथा बिक्रि बितरण बन्द गर्न सई सिंहलाई पटक पटक लिखित तथा मौखिक जानकारी गराएको स्थानीयहरु बताउँछन् ।   

त्यस्तै अर्का होटेल सञ्चालक सञ्जय साहले अबैध मदिरा समेत उत्पादन गर्ने गरेको छ । दुहबी गाउँ वडा नम्बर १ मा रहेको छ । तर सिमा प्रहरी चौकी दुहबीका घमुवा सिंहले अबैध मदिरा उत्पादक सञ्जय साहसंग प्रति महिना २० हजार रुपैयाँ लिने गरेको एक स्थानीयले जानकारी गराए । साहले महिनावारी दिएकै कारण लागु औषध समेत भारतबाट ल्याएर नेपाली ग्राहक बेच्ने गरेको छ ।

सिमा प्रहरी चौकी दुहबीको ईलाकामा चिकना भन्ने गाँउबाट  ५ जना भट्टि सञ्चालक संग र दुहबीमा दुई जना संग र ठाढीका हिरा पासमान लगायत कयौं संग महिनाबारी लिने गरेको छ । गाँउमै रक्सी उत्पादन गरेपछि गाँउ नै दुर्गन्धीत बनेको छ ।

रक्सीको भट्टि ठाढि झिझा प्रहरी चौकीको ईलाकामा पर्ने दुहबी गाँउमा सञ्चालीत अबैध मदिरा उत्पादक संग समेत रकम असुल गरेकै कारण अब शसस्त्र प्रहरी बोर्डर आउट पोष्टसंग सहयोग माग्ने गाउँलेहरुले बताए ।

यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा धनुषाका प्रहरी प्रमुख संग सम्पर्क हुन सकेन । 

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]