About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
प्रदेस २: हेलमेटमा लुकाएर ल्याउंदै गरेको १० लाख बरामद

खोज केन्द्र सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको रु.१० लाखसहित एक जनालाई पक्राउ गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका–७ का २० वर्षीय दीपक पटेलको हेलमेटबाट प्रहरीले उक्त रकम बरामद गरेको हो।

रौतहटको ईशनाथ नगरपालिका–७ स्थित सडकमा सवारी साधन तथा पैदल यात्रीहलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका उनलाई प्रहरीले पक्राउ गरेको छ। उनले हेलमेटभित्र रु.१ हजार दरका नोटको आठ वटा र रु.५०० दरका नोटको चारवटा गड्डी राखेका थिए। प्रहरीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

गएको १५ असोजमा पनि रौतहट प्रहरीले रु.१५ लाखसहित एक जनालाई पक्राउ गरेको थियो। गौर नगरपालिका–२ महादेवपट्टिस्थित दशगजा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक भारतीय पैदल यात्रीबाट प्रहरीले उक्त रकम बरामद गरेको थियो।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि भारतसँगको सीमानाका बन्द भए पनि लुकीछिपी नेपाल–भारत आवागमन भइरहेको छ। नेपालबाट भारततिर सामान किन्न जानेको संख्या ठूलो छ। सीमावर्ती भारतीय बजारका भारतीय व्यवसायीले नेपाली रुपैयाँ चलाउने गरेका छन्। भारतीय व्यापारीसँग थन्किएका र अन्य स्रोत नखुलेका नेपाली रुपैयाँ यसरी नेपाल पठाउने गर्छन्।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]