About Contact
१७ फाल्गुण २०७७, सोमबार
Close
बिज्ञापन
गुणस्तरहीन टुबोर्ग बियर : सरकारले तोकेको अन्तःशुल्क नतिर्दा साढे ४ लाख कार्टुन बियर गोदाममै थन्कियो

खोज केन्द्र सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले तोकेअनुसारको अन्तःशुल्क नतिर्दा गोर्खा ब्रुअरीका बियर गौदाममै थन्किएका छन्। ब्रुअरीका बियरमा चामलको मात्रा बढी फेला परेसँगै बजारमा जान पाएको छैन ।

आन्तरिक राजस्व विभागले बियरमा जौको मात्रा कम भेटिएपछि उच्च अल्कोहलयुक्त रक्सीसरह अन्तःशुल्क लगाएको थियो । 

विभागले प्रतिलिटर ४ सय ३० रुपैयाँ अन्तःशुल्क निर्धारण गरेको छ । तर कम्पनीले भने प्रतिलिटर १ सय ६५ रुपैयाँमात्रै तिर्ने दाबी गर्दै आएको छ । विवादकै कारण कम्पनीले विभागले तोकेअनुसार अन्तःशुल्क तिरेको छैन । जसका कारण बियर बजारमा जान सकेको छैन ।

विभागले गोदाममा सिल गरेको नभई ब्रुअरीले नै अन्तःशुल्क स्टिकर खरिद नगरेका कारण गोदाममै रोकिएको जनाएको छ । आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीबाट उत्पादन हुने बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा कम रहेको भन्दै १७ प्रतिशतभन्दा धेरै अल्कोहल हुने रक्सीसरह नै कर लगाउने निर्णय गरेको थियो ।  

राजस्व विभागले भन्सार विभागलाई ५० प्रतिशतभन्दा कम जौ प्रयोग गरी उत्पादन भएका बियरको वर्गीकरण गर्न पत्र पठाएको थियो । भन्सार विभागले एकीकृत दरबन्दी वर्गीकरणको भाग २२ मा उल्लेखित व्यवस्थाअनुसार गोर्खा ब्रुअरीको बियरलाई अन्यमा वर्गीकरण गरिदिएको हो । जुन न्यून गुणस्तरीय मानिन्छ । 

भन्सारबाट प्राप्त वर्गीकरणअनुसार नै आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय नवलपुरलाई पत्र लेख्दै गोर्खा ब्रुअरीका बियरलाई उच्च दरमा अल्कोहलमिश्रित मदिरासरह अन्तःशुल्क लगाउन भनेको छ । बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा धेरै हुनुपर्ने व्यवस्था अन्तःशुल्क ऐनमा छ । त्यसैअनुसार अन्तःशुल्कको दर निर्धारण गरिएको हो । 

जसअनुसार कार्यालयले गोर्खा ब्रअरीका उत्पादनमा प्रतिलिटर ४३० रूपैयाँ अन्तःशुल्क लगाएको छ । जौको मात्रा ५० प्रतिशतभन्दा धेरै भएको बियरमा अन्तःशुल्क प्रतिलिटर १६५ रूपैयाँ लाग्छ । जौबाट बनेका बियरलाई अन्तःशुल्क वर्गीकरणअनुसार शीर्षक नम्बर २२०३.००.०० मा राखिन्छ । 

भन्सार विभागले गोर्खा ब्रुअरीका बियर अन्य शीर्षकमा वर्गीकरण गर्न र तोकिएअनुसार जौबाट बनेको बियरको तुलनामा तीन गुणा धेरै करको दर कायम गर्न सिफारिस गरेको छ । त्यसैअनुसार कर कार्यालयले अन्तःशुल्क धेरै लाग्ने बताएपछि कम्पनीले ७ दिन उत्पादन नै रोकेको थियो । कम्पनीले आइतबारबाट उत्पादन निरन्तरता दिएको राजस्व कार्यालय कावासोतीले जनाएको छ । बियर उद्योगमा राजस्वले अन्तःशुल्क अधिकारी खटाएको हुन्छ । 

आन्तरिक राजस्व विभागले असोज १६ गते आन्तरिक राजस्व कार्यालय कावासोती नवलपुरलाई पत्र पठाउँदै कम्पनीबाट उत्पादन हुने बियरमा जौको मात्रा कम भएको भन्दै कमसल बियरमा वर्गीकरण गरिदिएको थियो । विभागले वर्गीकरण पठाएसँगै कार्यालयले उच्च दरको अन्तःशुल्क दर तय गरिदियो । 

नयाँ अन्तःशुल्क दर कायम भएपछि गोर्खा ब्रुअरीका केही उत्पादन बजारमा गएको छैन । कर कार्यालयले ४३० रूपैयाँ प्रतिलिटर अन्तःशुल्क दर निर्धारण गरिदिएपछि कम्पनीका उत्पादन बजारमा पठाइएको छैन । अहिले उसले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराएको छ ।

आन्तरिक राजस्व विभागले कर कार्यालयलाई कम्पनीले यसअघि प्रयोग गरेको इन्ग्रिडेन्ट्सको विवरण, सामानको स्टक र बजार पठाउन बाँकी बियरको स्टक लिन पनि भनिसकेको छ । 

विभागले देशभरका कार्यालयबाट बियर उद्योगले आफ्ना उत्पादनमा प्रयोग गर्ने वस्तुहरू (इन्ग्रिडेन्ट्स) को मात्रा संकलन गर्न लगाएको थियो । संकलित इन्ग्रिडेन्टस् प्रयोगशाला परीक्षणका लागि भन्सार पठाइएको थियो ।

भन्सार विभागले गोर्खा ब्रुअरीको उत्पादनलाई अन्य वर्गमा वर्गीकरण गर्दै त्यसको जानकारी आन्तरिक राजस्व विभागलाई गराएको थियो ।

सम्बन्धित

ताजा अपडेट
झा दम्पतिको वेपत्ता प्रकरण: डिआईजी सिंह भन्छन – छिटै अपराधी सार्वजनिक हुन्छ
सर्मिष्ठाले सुसाईड नोट लेख्दै भनिन ‘राहुललाई कारवाही होस’
नागरिकता माग्दै धनुषामा प्रदर्शन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]