About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
धनुषाका सिडिओ कणेलको खुलासा : नक्कली नागरिकताधारीलाई कारबाही गर्न मानेन्न , भूमाफियालाई संरक्षण

खोज केन्द्र बुधबार, पौष १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम – धनुषाकी एक महिला नक्कली नागरिकता बनाएर सिरहाका एक व्यक्तिको करोडौंको जग्गा कब्जा गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

धनुषाको साविक यज्ञभुमी गाविस ५ (हाल धनुषाधाम नगरपालिका ७)की पारो देवीले सिरहाको मिर्चैया नगरपालिका ४ बालदेव भुसकुलिया यादबको छोरी रहेको भन्दै नक्कली नागरिकता बनाएको पुष्टि भएको हो ।

उनी २०६३ सालमा खटेको जिल्ला प्रशासन कार्यालय धनुषाको टोली मार्फत नक्कली नागरिकता बनाएकी छिन् । बालदेवलाई बुवा कायम गरी बनाएको नागरिकताले उनकै २ विघा १७ कट्ठा २ धुर जग्गा कब्जाको प्रयास गरेकी थिइन् । तर उनको जग्गा कब्जा गर्ने योजना असफल भइसकेपनि नक्कली नागरिकता लिएको आधारमा उनलाई जिल्ला प्रशासन कार्यालय धनुषाले कारबाही गरेका छैन ।

मिर्चैया नगरपालिका ६ का करोडौंको जग्गा कब्जा गर्ने प्रयासमा जिल्ला अदालत सिरहामा उनले बुवा बालदेवको निधन भएको भनेर वयान दिएकी थिइन् । तर अदालतले बुवाको निधन भएपछि मृत्यू दर्ताको प्रमाण–पत्र पेश गर्न भन्यो ।

उनी मिर्चेया पुगेर मृत्यू दर्ताको प्रमाणपत्र बनाउन पुगेपछि जिउँदै रहेका बालदेव सचिव बलिराम यादब मार्फत रहस्य थाहा पाए । त्यसपछि उनका जेठा छोरा असेश्वर यादब वारिस भएर वर्षौसम्म मुद्दा लडे । अहिले बालदेव स्वयंम उक्त मुद्दामा अदालत धाउँदै छन् ।

 

ति महिलाको विषयमा रहस्य खुल्दै गएपछि उनको नागरिकता नै नक्कली रहेको हाल पुष्टि भइसकेको छ । अदालतमा समेत उनी पेश गर्न नसकेपछि किर्ते कागजको महल ३ बमोजिम कारबाही समेत गरेको छ । पीडित बालदेवका छोरा दिपनारायण यादबले ति महिलाको कागजात खोज्दै जाँदा जिल्ला प्रशासन कार्यालय धनुषाको नागरिकता रेकर्ड फाइलमा पनि अर्काको रेकर्डलाई केरमेट गरी नागरिकता बनाएको पत्ता लगाए ।

पीडित बालदेवका छोरा दिपनारायणले पछि नक्कली नागरिकता लिएकी ति महिलालाई कारबाहीका लागि पटक पटक जिल्ला प्रशासन कार्यालय धनुषा धाइरहेका छन् । तर प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले कुनै वास्ता गरेका छैन । जिल्ला प्रशासन कार्यालयले ति महिलालाई पक्राउ गर्न पटक पटक पत्र समेत लेखेको देखिएको छ । ति महिला केहि दिनअगाडी पक्राउ पनि परेकी थिइन् । तर उनलाई कारबाही नै नगरी छाडिएको छ ।

नक्कली नागरिकता लिएको प्रमाणित भइसक्दा पनि प्रजिअ कणेल कारबाही गर्न नचाहेको पीडित बालदेवका छोरा दिपनारायण यादबले गुनासो पोखे । उनले भने, ‘सिडिओ साहेवलाई भन्दा तल फाँटमा जानुस् भन्नुहुन्छ । तल फाँटमा जाँदा फाइल नै चोरी भइसकेको भनिरहेका छन् ।’ विभिन्न बहाना बनाएर सिडिओ कणेल र कर्मचारी पन्छिने गरेको गुनासो छ ।

ति महिलाको नागरिकता खारेज र कानून बमोजिम कारबाही हुनुपर्ने उनको भनाई छ । ‘जग्गा हड्पने प्रयास गरेकी ति महिलाको नागरिकता खारेज नगर्दा वहिवातमा मुद्दा लड्नु परेको छ’, उनले भने, ‘मुद्दा लड्दा लड्दै लाखौं रुपैया खर्च भइसक्यो । तर नक्कली नागरिकता बनाएर अपराध गरेकी महिला पारो देवीलाई कारबाही भएको छैन ।’ धनुषाका सिडिओ प्रदीप कणेलले नक्कली नागरिकताधारीलाई कारबाही गर्न नमान्दा भूमाफियालाई संरक्षण भएको पिडितले आरोप लगाएका छन ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]