About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
हँसपुर नगरपालिकामा अन्य पार्टी परित्याग गरि दर्जन युवा कांग्रेसमा प्रवेश

खोज केन्द्र आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको हँसपुर नगरपालिमा नेकपा र जसपा पार्टी परित्याग गरी एक दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रवार हँसपुर नगरपालिका वडा नं ९ मोरहा (पश्चिमवारि टोल) मा सभापति गफूर नदाफले आयोजना गरेको वडास्तरीय दसैंको शुभकामना आदानप्रदान कार्यक्रम बीच उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेको हो ।

हँसपुर नगरपालिकाका नेपाली कांग्रेसका सक्रिय युवा नेता चन्देश्वर मण्डलको पहलमा एक दर्जन नेता कार्यकर्ता नेकपा र जसपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा चन्द्र महरा,राम सेवक मण्डल,देव नारायण मण्डल, रोशन साह,संजिप मण्डल,कल्याण महरा,नरेश साह,शिवदयाल ठाकुर,संजिप राउत, सरोज पंडित, राम सिकिल मण्डल लगायतका नेताकार्यकर्ता रहेका छन् ।

नवप्रवेशी नेता कार्यकर्तालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य राम कृष्ण यादव, पुर्व सांसद दिनेश प्रसाद प्रसैला,राष्ट्रिय सभाका पुर्व सांसद मुक्ता कुमारी यादव धनुषा निर्वाचन क्षेत्र २ का सभापति राजकिशोर सिंह उपसभापति नवीन गोइहवार नेपाली कांग्रेसको तर्फबाट हँसपुर नगरपालिकाको मेयर प्रत्याशी प्रदीप यादवले अबिर माला लगाए पार्टी प्रवेश गराएको हो ।

पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा हँसपुर नगरपालिका वडा नं ९ का अध्यक्ष मेथुरा यादव, गंगा प्रसाद मण्डल,भरोशी मण्डल,प्रदिप मण्डल,सुर्यदेव पासवान र वडा नं ६ का पार्टी सभापति बिजय यादव लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]