About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
धनुषाबाट ११ लाख बाराबरका अवैध भन्सार चोरी निकासीका समानहरू पक्राउ

खोज केन्द्र शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाबाट ११ लाख बाराबरका अवैध भन्सार चोरी निकासीका समानहरू प्रहरीले पक्राउ गरेको छ । 

भन्सार छली गरी भारत तर्फ लैजाँदै गर्दा धनुषा प्रहरीले ११ लाख ५३ हजार ४ सय ५० रुपैयाँ बराबरको मालसमान पक्राउ गरेको हो । 

गस्तीमा खटिगएको प्रहरी टोलीहरुले जिल्लाका बिभिन्न स्थानहरुबाट मालसामान पक्राउ गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ । 

जिल्ला धनुषा बिदेह नगर पालिका वडा नं. १ ठाडि स्थितमा प्रहरी चौकी ठाडिझिझाबाट खटि गएको टोलीले  को. १ ज ३७६० नं. को म्याजिक गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा भन्सार छली लाँदै गरेको मटर ( केराउ) २५ के.जी को  ४० बोरा रू.  ८० हजार, कालो मरिच २५ के.जी.को ६ बोरा रू ८६ हजार १ सय, सुकमेल ४ के.जी रू ५ हजार ५ सय, छोहोरा १०० के.जी. रू ११ हजार ४ सय, म्याजिक गाडी थान-१ रू ५ लाख गरी रू ६ लाख ८३ हजार बराबरको समान र  म्याजिकका चालक जिल्ला धनुषा बिदेह नगर पालिका वडा नं. ६ मा बस्ने वर्ष ४५ को शिव कुमार झा र सोही गाडीमा सवार रहेका जिल्ला धनुषा बिदेह नगर पालिका वडा नं. १ मा बस्ने वर्ष २२ को अजय कुमार साहको समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

जिल्ला धनुषा नगराईन नगर पालिका वडा नं. २ जटही स्थित जटहिबाट गस्तिमा खटि गएको टोलीले सार्वजनिक बाटो वेवारिसे अवस्थामा रहेको मटर ( केराउ ) २५ के.जी. को ६४ बोरा रू १ लाख २८ हजार र सोफी मदिरा रू ६ लाख ८ सय ७० गरी जम्मा १ लाख ३४ हजार ८ सय ७० बराबरको सरसमानहरु रितपुर्वक बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ । 

जिल्ला धनुषा औरही गाउँ पालिका वडा नं. १ स्थितमा प्रहरी चौकी धनौजीबाट गस्तिमा खटि गएको प्रहरी टोलीले भन्सार छलि ल्याएका मटर २५ के.जी को १४ बोरा रू. २८ हजार, खाध मल -५ बोरा रू. ५ हजार , चिनी ५० के.जी. को २ बोरा रू. ६ हजार, छोहोरा १५० के.जी. रू. १७ हजार ७ सय गरी  जम्मा रू. ५६ हजार ७ सय बराबरको सरसमानहरु रितपुर्वक बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ ।

जिल्ला धनुषा धनुषाधाम न.पा.-३ स्थित धनुषाधामबजरामा ई.प्र.का. धनुषाधाम बाट  गस्तीमा खटी गएको प्रहरी टोलीले अबैधरुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको ४ वटा पोकामा रू. २ लाख ७८ हजार ८ सय ८० बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरु नियन्त्रणमा लिई रित पुर्वक बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ । 

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]