About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेस २: एपार्टमेन्टबाट २३ किलो सुन बरामद

खोज केन्द्र शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रहरीले वीरगंज महानगरपालिका-५ रेशमकोटी स्थितमा  श्रीगणेश एपार्टमेन्टबाट २३ किलो बढी सुन बरामद गरेको छ ।

शनिबार उक्त अपार्टमेन्टको तेश्रो तलामा सुन तथा चाँदी लुकाइ छिपाई राखिएको छ, भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रमुख गंगा पन्तको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

उक्त टोलीले भारतको पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको फ्लैटबाट उक्त परिमाणको सुन बरामद गरेकोे पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) का साथै ६८१ ग्राम तौल भएको सुनको गरगहना समेत बरामद गरेकोे छ ।

यस्तै २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद भएको छ ।

उक्त सुन कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]