घुस लिएको अभियोगमा जनकपुरधाम उप-महानगरपालिका-१३ नं. वडा कार्यालयका वडा अध्यक्ष शुभ नारायण मण्डल निलम्बित भएका छन ।
जिल्ला धनुषा, जनकपुरधाम उप-महानगरपालिका-१३ नं. वडा कार्यालयका वडा अध्यक्ष शुभ नारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पंजियार ले सेवाग्राहीबाट घुस लिएको अभियोगमा निलम्बित भएका हुन ।
वडा अध्यक्ष मन्डल र कार्यालय सहयोगी पंजियार उपर जनही रु. २४ हजार बिगो कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा आरोप-पत्र दायर गरे संगै निलम्बन गरिएको हो ।