बलात्कार र यौन दुर्व्यवहार आरोपमा जनकपुरबाट जेएफसी होटल संचालक पक्राउ परेका छन ।
जनकपुर धाम उपमहानगरपालिका शिव चौकमा संचालित जेएफसी होटल तथा रेष्टुरेन्टका प्रोपोराईटर प्रमोद यादब पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार संकट मोचन स्कुलको कक्षा ९ मा अध्यनरत एक नवालिक बालिकालाई बलत्कार र जबरजस्ती करणी उद्योग गरेको आरोपमा जनकपुर वडा नं १९ शिवपुर निवासी बर्ष ३८ का यादबलाई पक्राउ गरिएको छ ।
बालिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा यादब सहित तीन जनामाथि उजुरी दिएकी छिन ।
पक्राउ परेका यादबमाथि जबरजस्ती करणी गरेको उद्योगमा अनुसन्धानसहित कारबाहीका प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी धनुषाले जनाएको छ ।