नेपाल तराई ईन्जिनियर्स समाज धनुषाको अध्यक्षमा कृष्ण प्रसाद पंडित चयन भएका छन ।
१ सय १ सदस्य समिति रहेको नेपाल तराई ईन्जिनियर्स समाज धनुषा को अध्यक्षमा पंडित सर्वसहमतिले चयन भएको समाजका प्रदेस २ अध्यक्ष भगवान झाले बताए ।
जनकपुरमा आयोजित ईन्जिनियरहरुको भेलाले सचिवमा सोनु साहलाई चयन गरेको छ ।
समाजको प्रदेश २ अध्यछ सि.डि.ई. भगवान झाको अध्यछतामा बसेको ईन्जिनियरहरुको भेलामा केंद्रीय महासचिव दीपेन्द्र साहको विशेष उपस्थिति रहेको थियो ।