About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
धनुषाको कुसुमबिसौनामा खानेपानी उपभोक्ता समितिमा ब्यापक भ्रष्टाचार

नियम बिपरित समिति गठन

खोज केन्द्र मंगलबार, आश्विन २७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको कुसुमबिसौनामा खानेपानी उपभोक्ता समितिमा ब्यापक भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ । भ्रष्टाचार ढाकछोप गर्न गोप्य रुपमा नियम बिपरित समिति गठन गरिएपछि तथ्य बाहिर आएको हो । 

मिथिला नगरपालिका वडा नं ८ (कुसुमबिसौना) साबिकको बेंगाडावर गाबिस वडा नं २ का जनताको लागि स्वच्छ र सफा खानेपानी उपलब्ध गराउने उद्देश्यले बि सं २०६४ सालमा स्थापित एक संस्था हो । तर पछिल्लो समय केही ब्यक्तीले उक्त संस्थालाई कमाई खाने भांडो बनाउंदै गोप्यरुपमा पटक पटक समिति गठन गर्दै आर्थिक अनियमितता गर्दै आएको उपभोक्ताहरुको आरोप छ ।

पाँच पाँच वर्षमा समितिको पदाधिकारी चयन गर्नु पर्ने र प्रत्येक बर्ष आम्दानी खर्च बिबरण सार्वजनिक गर्नु पर्ने कानूनी प्रावधान बिपरित बिरेन्द्र महतोले मनोमानी रुपमा रकम कुम्ल्याएको भन्दै उपभोक्ताहरु आक्रोशित बनेका छन । 

उक्त समिति भित्रको भ्रष्टाचार ढाकछोप गर्न पुन: बिरेन्द्र महतोको अध्यक्षतामा गोप्य रुपमा समिति गठन गरेपछि उपभोक्ताहरु आन्दोलित भएका छन । 

१ सय ७२ उपभोक्ता संख्या रहेको उक्त संस्थाका संस्थापकहरु सहित ९६ उपभोक्ताले लिखित रुपमै बिरोध जनाउंदै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउंदै नियम बिपरित गठन गरिएको पदाधिकारीमाथि कारवाही गर्न मांग गरेका छन । 

नेपाली कांग्रेसका वडा अध्यक्ष ललित महतो को नेतृत्वमा उपभोक्ताहरुले ज्ञापन पत्र बुझाएका हुन ।

यता प्रमुख जिल्ला अधिकारीले उक्त समितिको गठनको प्रकृया र बिबरण उपलब्ध गराई कारवाही प्रकृया सुरु गर्ने प्रतिवद्वता जनाएको छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]