बीरगन्जका प्रकाश रौनियारलाई इन्टरपोलको सहायताले नेपाल ल्याउने तयारी गरिएको छ ।
गैरकानुनी रुपमा आर्जन गरेको शंकास्पद धन ओसार पसारमा लागेका ‘रौनियार ब्रदर्स’का मालिक समेत रहेका प्रकाश दुबई बसेर गोलमोल गर्ने मुख्य योजनाकार हुन् ।
उनलाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ ।
दुई दशकभित्र ‘खर्ब पति क्लब’ को सदस्य बनेका नारायण जी रौनियार र उनका छोराहरुले देख्न लायक गरेको उपलब्धिको पछाडि मुख्य भूमिका मुद्रा अपचलनको रहेको छ ।
दुबई बस्ने प्रकाश रौनियारले दश अर्ब भन्दा बढीको अलकत्रा र फर्निस आयल नेपाल पठाएको र त्यस कार्यमा अबैध ढंगले आर्जन गरेको कालो धनको प्रयोग गरेको खुलासा हालै खोज पत्रकारिता केन्द्रले पनि गरेको छ ।
नाराण जी रौनियारका चार छोरा रामबाबु, श्यामबाबु, प्रकाश र ज्योती यस कार्यमा संलग्न भएको पोल खुलेको भएता पनि दुबईमा बसेका मास्टर माइन्ड प्रकाश रौनियारको भूमिका मुख्य रहेको चर्चा अहिले ब्यापक छ ।
रौनियार ब्रदर्श एण्ड कम्पनी र शुभ समृद्धि ट्रेड प्रालिको नामबाट ब्यापक गोरख धन्दा गरिएको पोल सार्वजनिक भइसकेपछि रौनियार ब्रदर्शसमा खेलाबैला मच्चिएको छ ।
आ–आफ्नो जिम्मामा रहेको सम्पत्ति लुकाउने काममा अन्य भाइहरु लागि परेका छन् । नारायण जी रौनियारका कान्छा छोरा ज्योती रौनियारको काठमाडौंस्थित पेप्सीकोला गठ्ठाघरमा एउटा ठूलो सम्राज्य चलाएर बसेको पोल पनि अहिले आएर खुलेको छ ।