About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
किन पक्राउ परे उपेन्द्र यादवको स्वकीय सचिव चौरसिया !

खोज केन्द्र आइतबार, आश्विन २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

पत्नीले नै गम्भीर अभियोगसहित प्रहरीमा उजुरी दिएपछि पूर्वउपप्रधानमन्त्रीका निजी सचिव (पिए) पक्राउ परेका छन ।

जनता समाजवादी पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवका निजी सचिव महेशकुमार तमौली (महेश चौरसिया) लाई प्रहरीले पत्नीको किटानी जाहेरीको आधारमा पक्राउ गरेको हो । चौरसियाबिरुद्ध उनकै पत्नीले विद्युतीय अपराध (साइबर अपराध) को उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पत्नीले आफूबिरुद्ध गम्भीर अपराध गरेको भन्दै उजुरी दिएपछि काठमाडौं प्रहरी परिसरले चौरसियालाई असोज ८ मा नियन्त्रणमा लिएको हो ।

उनलाई सुरुमा ५ दिन म्याद थप गरिएको थियो । असोज १२ मा पुनः १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । राठौरका अनुसार चौरसियाले श्रीमतीलाई ध,म्कीपूर्ण र गा,,ली ग,लौ,जयुक्त म्यासेज पठाएको र सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो ।

पत्नीले आफूबिरुद्ध गम्भीर अप.राध गरेको भन्दै उजुरी दिएपछि काठमाडौं प्रहरी परिसरले चौरसियालाई असोज ८ मा नियन्त्रणमा लिएको हो । उनलाई सुरुमा ५ दिन म्याद थप गरिएको थियो । असोज १२ मा पुनः १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ

उनका बिरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको छ । विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई विद्युतीय अपराध (साइबर अपराध) मानिन्छ ।

कम्प्युटरलाई माध्यम बनाएर वा अर्काको कम्प्युटरलाई लक्ष्य बनाएर कानुनले निषेध गरेको क्रियाकलाप गर्नुलाई साइबर अपराध भनिन्छ । एसपी राठौरका अनुसार चौरसियाले श्रीमतीलाई फेसबुक र म्यासेन्जरमा गा,,ली ग,लौ,ज र ध,,म्की दिएको देखिएको छ । बाँके प्रहरीमा उजुरी परेको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]