यूथ डेभल्पमेन्ट सोसाईटीका अध्यक्ष समेत रहेका रबि कुमार साह नेपाल पिछ्डावर्ग (OBC) विद्यार्थी संघको प्रदेश न. २ को अध्यक्ष पदमा चयन भएका छन ।
सद्सयमा जितेन्द्र यादब,प्रदिप साह,भवानी साह,अविसेक यादव,सुरक्षित चौधरी र रवि साह मनोनीत भएका छन ।
कार्यक्रममा नेपाल पिछ्डबर्ग OBC विद्यार्थी संघका केन्द्रिय अध्यक्ष मोहन ठाकुर, अतिथिकमा नेपाल पिछ्डाबर्ग OBC महासंघको प्रदेश २ को सहसंयोजक उमेश ठाकुर,नेपाल पिछ्डाबर्ग OBC बिध्यार्थी संघको केन्द्रिय सदस्य सन्नी साह सहित नेपाल नाइ ट्रेड युनियनको जनकपुर नगर अध्यक्ष शिवनाथ ठाकुर,संघीय युवा सन्जाल प्रदेश २ इन्चार्ज रक्की प्रसाद साहको उपस्थिति थियो।
नेपाल पिछडावर्गको रहेको उदेश्य आदिवासी/जनजाति र दलितको सूचीमा नपरेको पिछडावर्गको आर्थिक, समाजिक,राजनीतिक तथा सान्स्कृतिक पक्षको उत्थान र विकास गर्नु संग समर्पित रहि कार्य गर्ने प्रतिबद्धता जनाएका छन ।
कुशवाहा, कुर्मी, कुम्हार, कहार, कमार, केवट, कलवार,यादव, कानु, तेलि आदि समुदायलाई लक्षित गरि कार्य गर्ने संस्थाको मुख्य उदेश्य हो ।