About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
भारतले भन्यो:- रामायण सर्किटको अवधारणा छिट्टै कार्यन्वयनमा ल्याउ

खोज केन्द्र शनिबार, आश्विन २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

भारतले रामायण सर्किटको अवधारणा छिट्टै कार्यन्वयनमा ल्याउन नेपाललाई आग्रह गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेट गरी रामायण सर्किटको योजना अगाडी बढाउन आग्रह गरेका छन । 

संस्कृतिका क्षेत्रमा पशुपति,लुम्विनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यकारुपमा विकास गर्नेबारे छलफल भएको थियो ।

भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उडड्यनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकरातमक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको थियो ।

हवाई क्षेत्रका सम्बन्धमा उनीहरुवीच भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको थियो । 

कोभिड–१९ का कारण वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरुवीचको उडान चाडै सुचारु गर्ने बारेमा पनि उनीहरुवीच कुराकानी भएको पर्यटनमन्त्रीका स्वकिय सचिवले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा
कोरोना कहरकाबीच विहारमा मतदान सुरु
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]