About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
सर्लाही: सिडियो सहित ६ कर्मचारीमा कोरोना, जिल्ला प्रशासन कार्यालय बन्द

खोज केन्द्र शनिबार, आश्विन २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्लाहीमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

शान्ति सुरक्षा र विपद् व्यवस्थापनका काम बाहेक जिल्ला प्रशासन कार्यालय एक हप्ता सम्मको लागि बन्द गर्ने निर्णय गरिएको हो । केहि दिन अघि जिल्ला प्रशासन कार्यालयका एक जना नायव सुब्बामा कोरोना संक्रमण पुष्टि भएपछि बिहिवार २२ गते जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहित ७१ जनाको स्वाब कोरोना परिक्षणको लागि संकलन गरिएको थियो ।

शनिवार आएको रिपोर्टमा ११ जनामा कोरोना पोजेटिभको पुष्टि भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एक जना प्रसासकीय अधिकृत लगायत जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रसासकीय अधिकृत राम प्रमोद यादबले जानकारी दिए । अन्य बाँकी ६ जना थुनुवा र अन्य कार्यालयका कर्मचारी रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारी नै कोरोना संक्रमित भएपछि कोरोना जोखिमलाई न्युनिकरण गर्न असोज २५ गते आईतबार देखि ३० गते शुक्रवार सम्म सम्पूर्ण सेवावाहरु बन्द हुने गरी सूचना नै जारी गरिएको प्रसासकीय अधिकृत यादबले बताए ।

सम्बन्धित

ताजा अपडेट
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा
कोरोना कहरकाबीच विहारमा मतदान सुरु
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]