About Contact
२४ जेठ २०८०, बुधबार
Close
बिज्ञापन
नेपाल-भारत सिमानाको दशगजा क्षेत्रमा भारतले निर्धक्क फाल्छ फोहोर

खोज केन्द्र शुक्रबार, आश्विन २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाल-भारत सिमानाको दशगजा क्षेत्रमा भारतले वर्षौदेखि नेपालतर्फ फोहोर फाल्दै आएको छ । 

मोरङको विराटनगर महानगरपालिका-१६ र भारतको अररिया जिल्लाको जोगवनी नगर सिमानामा रहेको दशगजा क्षेत्रमा भारतले वर्षौदेखि नेपालतर्फ फोहोर फाल्दै आएको हो । 

जोगबनी बजार र आवतजावत गर्ने रेलमा उत्पादन भएकौ दैनिक सयौँ टन फोहोर भारतले निर्धक्क कसैलाई नसोधी आधा किलोमिटर दशगजा क्षेत्रमा वर्षौदेखि निर्धक्क दैनिक फोहोर फ्याकिरहेको छ । 

दैनिक फालिने सयौँ टन फोहोरले नेपालतर्फको बस्ती प्रभावित भएको छ । फोहोरले गर्मीमा हैजा फैलने समस्या हुने गरेको छ ।

सिमा क्षेत्रमा भारतले दशगजा मिचेर आफनोतर्फ सडकको बहानामा अग्लो बाँध बनाएको छ । त्यही बाँध मुन्तिर दशगजा क्षेत्रमा ठेला, रिक्सा र ट्याक्टरमा फोहोर फालिदिन्छन् । मरेका सिनोसमेत त्यही क्षेत्रमा फाल्ने हुनाले दुर्गन्ध सहन नसकेर नेपालीहरुले नै पैसा तिरेर सिनो अन्यत्रै फयाँक्ने लगाउने गरेका छन् ।  

विराटनगर–१६ जुटमिल दक्षिण गेटमा बसोवास गर्दै आएका मोहम्मद मुक्तार हुसैनले भने,  ‘हामीले पटक–पटक दशगजा क्षेत्रमा यसरी फोहोर नफाल्न भारतको जोगबनी नगरपञ्चायतलाई आग्रह ग¥यौ, तर उनीहरुले हामीलाई हेपेर वास्तै गरेका छैनन ।’ । 

उनका अनुसार सुरक्षाकर्मीहरुले पनि दशगजामा फोहोर नफाल्न पटक–पटक आग्रह गरेको छ । तर, उनीहरुले निरन्तर फोहोर फालिरहेका छन् । 

फोहोर फयाँक्ने दशगजा क्षेत्रमा नेपालतर्फ विराटनगर जुटमिल एरियामा बसोवास गर्ने बाक्लो बस्ती छ । तर, भारतको जोगबनीतर्फ भने नजिकै  बस्ती छैन । यसैले भारतीयहरुले ‘मरेपनि नेपालीहरु मरुन’ भनेर हदैसम्म हेपेर फोहोर फालिरहेको स्थानीय बताउँछन । 

स्थानीयका अनुसार हाल लकडाउनले गर्दा भारतीय बजारमा चहलपहल कम भएकोले फोहोर कम भएको छ । तर, नाका खुल्ला भएपछि फोहोरको रास पहाडजस्तै बन्छ।

मोरङका सिडिओ कोषहरि निरौलाले दशगजा क्षेत्रमा फोहोर फयाँक्ने गरेको आफुलाई जानकारी नभएको बताए । अब जानकारीमा आएकोले भारतीय प्रशासनसँग समन्वय गर्ने जानकारी दिए । उनले भने, ‘दशगजामा नेपाल–भारत कसैले पनि फोहोर फयाँक्ने मात्र हैन कुनै गतिविधि गर्न र संरचना बनाउन पाइँदैन । यसबारे हामी उताको प्रशासनलाई  ध्यानआर्कषण गराउछौँ । ’

सम्बन्धित

ताजा अपडेट
स्तन क्यान्सर लागेको वा नलागेको आफैंले चेकजाँच गर्न डर लाज मान्नु हुँदैन : चन्दा चौधरी
नागरिकता विधेयक : सर्वोच्चको आदेश बिरुद्व जनकपुरधाममा बिरोध प्रदर्शन
मधेश प्रदेशको नीति तथा कार्यक्रम : ल्यापटप वितरणदेखि रेलमार्ग विस्तारसम्म

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]