About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेस २: मिटर रिडिङ नगरी जरिवाना असुल

खोज केन्द्र बिहिबार, आश्विन २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्लाही, २२ असोज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुलीएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।

कोभिड–१९ नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको मिटर रिडिङ नगरी चुप बसेको वितरण केन्द्रले जरिवाना भन्दै उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताको गुनासो छ ।

उनीहरूले वितरण केन्द्रका कर्मचारीको मनलाग्दी खपत शुल्कमा जरिवानासमेत लिने गरेको लालबन्दीका उपभोक्ता श्याम लामाले बताए । विगत पाँच÷छ महिना मिटर रिडिङ नगरी बसेको सबस्टेशनले लकडाउन अलि सहज भएपछि बिल तिर्न आउन सूचना नै जारी गरेर जरिवानासहित शुल्क असुलेको अर्का स्थानीय रमेश कार्कीको गुनासो छ ।

विद्युत् वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिङ नगरेका कारण आमसर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लकडाउनको समयको पनि जरिवाना तिर्न बाध्य भएका छन् ।

प्राधिकरणका कर्मचारीले समयमा मिटर रिडिङ नगरेको र आफूले पैसा तिर्दा मिटरमा उठेको रकमको जरिवानासमेत गरी तिर्नुपरेको उनीहरूको गुनासो छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]