About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
प्रदेश २: प्रहरीकै संलग्नतामा रातभर तस्करी, ५ प्रहरी तानिए

खोज केन्द्र बुधबार, आश्विन २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोभिड–१९ को महामारीका कारण भारतसंग जोडिएको नाका विगत ६ महिनादेखि सिल भए पनि छप्कैया नाकाबाट निरन्तर तस्करी भइरहको पाइएको छ ।

प्रहरीकै संलग्नतामा तस्करी भएको आरोप लागेपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरले पर्सा प्रहरीको क्राइम टोलीका प्रमुख प्रहरी निरीक्षण रविभूषण यादवसहित ५ प्रहरीलाई छानबिनका लागि तानेको छ । 

सीमामा भएको तस्करी सम्बन्धमा यादवसहित ५ प्रहरीमाथि छानबिन भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 

यादवसहित छानबिनका लागि अरू को–को तानिएका छन् भन्ने प्रश्नमा भने उनले प्रहरीको आन्तरिक मामिला भएकाले बताउन नमिल्ने बताए । ‘छप्कैया सीमामा तस्करी भएको सम्बन्धमा यादवसहित ५ जनामाथि छानबिन भइरहेको छ । आन्तरिक मामिला भएकाले योभन्दा बढी भन्न मिल्दैन,’ उनले भने । 

छप्कैया सीमामा  बन्द रहेको बोर्ड झुण्डिएको छ , तर अवैध कारोबार रोकिएको छैन । पछिल्ला केहि दिन यता त प्रहरीकै संरक्षणमा वीरगञ्जको छप्कैया नाकाबाट व्यापक रूपमा तस्करी भइरहेको प्रमाण फेला परेको छ ।

रातिको समयमा तस्कर भरियाहरुको लर्को नेपाल प्रवेश गर्ने गरेको दृश्यले बोर्डर पूर्ण रुपमा सिल रहेको पर्सा प्रहरी तथा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको दाबीलाई झुठो साबित गरेको छ ।

छपकैया नाकाबाट रातभरि सुरक्षाकर्मी कै निगरानीमा भरियाहरु सीमा कट्ने र जिल्लास्तरिय कमाण्डरहरुले तस्करी नियंत्रणमा रहेको , सीमामा उच्च निगरानी रहेको जस्ता झुठो र हवादारी दाबी गर्ने गरेका छन् । 

प्रहरीको सहयोगमै तस्कर समूहले वीरगञ्जको छपकैया नाकाबाट रातभरी लाइन नै लगाएर तस्करी गरिरहेको  छ ।

 प्रहरी चौकी छप्कैयाको ३ सय मिटर दक्षिणतर्फ रहेको लचका चोकबाट दर्जनौं समुहले मानव लाइन लागेर विभिन्न माल समानहरुको अवैध चोरी पैठारी गरेर छप्कैया गाँउतर्फ जाने गरेको प्रत्यक्षदर्शी बताउँछन् । 

दशैं, तिहार र छठ नजिँकिँदै गएकाले भारतबाट लत्ताकपडा,  प्रतिबन्धित औषधिहरूको ओसारपसार दैनिक रूपमा यही बाटो भएर रातको समयमा हुने गरेको छ । 

सीमामा प्रहरी चौकी छप्कैया र सशस्त्र प्रहरी बीओपी सिर्सीयाबाट २४ सै घण्टा प्रहरीको युनिट खट्ने गरेको छ । तर ठूलो संख्यामा भइहरेको तस्करी रोकिएको छैन ।

स्रोतका अनुसार स्थानीय तस्कर समूहले छप्कैयाका सई अरुण सिंह र सशस्त्र प्रहरी निरीक्षक दिनेश बानियाँलाई मोटो रकम बुझाएर  निर्वाध तस्करी गरिरहेका छन ।

सीमामा निगरानीका लागि जिल्लाबाट खटिने सादा पोषाकको क्राईम टोली तथा टाईगर टोलीले छपकैया नाकातर्फ निगरानी तथा कडाई नगर्नुले पनि यस क्षेत्रबाट अहिले ठूलो संख्यामा तस्करी मौलाएको जानकारहरू बताउँछन् । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]