धनुषाधामबाट बलात्कार र यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन ।
धनुषाधाम नगरपालिका वडा नं ७ किसानपुरमा १८ किशोरीमाथि बलात्कार र यौन दुर्व्यवहार गरेको आरोपमा एक युवाकलाई धनुषाधाम प्रहरी चौकीले पक्राउ गरेको छ ।
१८ वर्षीया किशोरीमाथि बलत्कार र जबरजस्ती करणी उद्योग गरेको आरोपमा बर्ष २० का युवकलाई पक्राउ गरिएको धनुषाधाम प्रहरी चौकीका ईन्चार्ज सुरेश ठाकुरले जनाएको छ ।
शुक्रबार राती युवकले बलात्कार गरेको उजुरी प्रहरीमा आएपछी पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका युवकमाथि जबरजस्ती करणी गरेको उद्योगमा अनुसन्धानसहित कारबाहीका प्रक्रिया अघि बढाएको बताए ।