About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
बलिउड अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा

खोज केन्द्र बुधबार, आश्विन २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा जोडिएकी नायिका रिया चक्रवर्तीलाई बम्मे हाइकोर्टले धरौटीमा छाड्न आदेश दिएको छ ।

उनलाई प्रहरीले लागुऔषध प्रयोग र कारोबारसँग सम्बन्धित भएको आरोपमा पक्राउ गरेको थियो । उनलाई अदालतले बुधबार रिहा गरेको हो । उनीसँगै प्रहरी हिरासतमा रहेका भाइ शौविकलाई पनि धरौटीमा छाड्न दर्ता भएको निवेदन अदालतले खारेज गरिदिएको छ । 

यसैबीच लागुऔषध कारोबार र प्रयोग आरोपमा पक्राउ परेका स्यामुल मिरान्डा र दीपेश सावन्तलाई पनि अदालतले धरौटीमा रिहा गरिदिएको छ भने अब्दुल बासितको निवेदन भने खारेज गरिदिएको छ । उनीहरू सबैलाई अघिल्लो महिना नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले लागुऔषधसम्बन्धी विषयमा जाँचबुझ गर्न नियन्त्रणमा लिएको थियो

एनसिबीले अदालतमा पेस गरेको जाहेरीमा रिया चक्रवर्ती र उनको भाइ शौविक लागुऔषध कारोबारीसँग सम्बन्धित सक्रिय समूहमा आबद्ध रहेको दाबी गरेको थियो । ३४ वर्षीय अभिनेता सुशान्तको शव गत १४ जुनमा मुम्बईको बान्द्रास्थित उनकै घरमा फेला परेको थियो ।

रिया सुशान्तको प्रेमिका भएको एजेन्सीहरूले दाबी गर्दै आएका छन् । 

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]