उद्योगबाट भुक्तानी नपाउने मात्रै होइन, सरकारले दिने अनुदानसमेत किसानले पाएका छैनन् नि ?
किसानको पैसा भुक्तानी नगर्ने उद्योगीहरू मन्त्रालयको सम्पर्कमा छन् कि छैनन् ?
केही उद्योगी सम्पर्कमा आएनन् । हामीले उनीहरूलाई सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेका छौँ । अहिले महालक्ष्मी, अन्नपूर्ण र लुम्बिनी चिनी मिलका मालिकहरू सम्पर्कमा देखिएनन् । समस्या पनि यिनै उद्योगमा देखियो । अरूले भने तिर्छौँ भनेका छन् । किस्तामा तिर्ने वा कसरी तिर्ने भनेर छलफल गर्न चाहेका छन्, हामी समन्वय गरिदिन्छौँ ।
उद्योगबाट भुक्तानी नपाउने मात्रै होइन, सरकारले दिने अनुदानसमेत किसानले पाएका छैनन् नि ?
अब किसानले तत्काल अनुदान पाउँछन् । केही प्राविधिक कारणले त्यो अड्किएको रहेछ । कृषि र अर्थ मन्त्रालयसँग कुरा भइसक्यो । अनुदान अब तत्काल निकासा हुन्छ ।
अर्को विकल्प के हो ?
अहिले हामीले सबै उद्योगबारे विस्तृत विवरण लिइरहेका छौँ । कसको उद्योग हो ? उद्योगमा कति चिनी स्टक छ ? उद्योगको जग्गा र मेसिनरी के कति छ ? सबै हेरिरहेका छौँ । उद्योगीले स्वस्फूर्त रूपमा किसानको पैसा भुक्तानी गरेनन् भने उद्योगको सम्पत्ति जफत गरेर भए पनि किसानको उखुको मूल्य भुक्तानी गराउँछौँ ।