About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
बर्दिबास–निजगढ खण्डअन्तर्गत रौतहटमा विद्युतीय रेलमार्गको ट्र्याक निर्माण तीव्र गतिमा

खोज केन्द्र मंगलबार, पौष १५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–निजगढ खण्डअन्तर्गत रौतहटमा ट्र्याक निर्माणले तीव्रता पाएको छ ।

रेलमार्ग निर्माणलाई पाँच भागमा विभाजन गरी धन्सार–बाग्मती खण्डमा ठेकेदार कम्पनीहरू सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले ग्राभेल, ट्र्याक र पुल निर्माणको काम तीव्र पारेका छन् ।

बर्दिबास–निजगढ रेलमार्ग खण्डकै चन्द्रपुर नगरपालिका–८ स्थित बेतौनामा भने मुअब्जा विवादले निर्माण अघि बढ्न सकेको छैन । उचित मुअब्जा नपाएको भन्दै करीब ६०० मिटर क्षेत्रमा स्थानीयले अवरोध गरेपछि ट्र्याक निर्माणले गति लिन नसकेको हो ।

उनीहरूले रेलको लिक र स्टेशन बनाउने जमीनको पुनर्मूल्याकंन गरी उचित मूल्य पाउनुपर्ने माग राखेका छन् ।प्रतिकठ्ठा रू. १० लाख पर्ने जग्गा साढे ३ लाख मात्रै मुआब्जा निर्धारण गरिएकाले विरोध गरिएको उनीहरूको भनाइ छ ।

यसअघि मुआब्जा थोरै भएको भन्दै पुनर्मूल्यांकनका लागि उनीहरूले जिल्ला प्रशासन गौरमार्फत गृह मन्त्रालय, रेल्वे विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नापी, मालपोत र नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

तर, यस विषयमा टुंगो नलागेपछि निर्माण कम्पनीले पश्चिम क्षेत्रबाट कामको थालनी गरेको हो । बाग्मतीदेखि धन्सारसम्म करीब २३ किलोमिटरमा ट्र्याक निर्माणले गति लिएको छ । उक्त स्थानमा जंगल पर्ने भएकाले रूख कटान स्वीकृतिका लागि डिभिजन वन कार्यालय, रौतहटले विभागमा फाइल पठाएको छ ।

रेलमार्गमा राष्ट्रिय तथा सामुदायिक वन गरी २५ दशमलव ७३ हेक्टर क्षेत्र पर्ने डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत रामप्रसाद साहले बताए ।

वनक्षेत्रमा साल, जमुना, सिसौ, खयर लगायतका ५ हजार २९७ रूख काट्नुपर्ने उनको भनाइ छ । रूख कटानका लागि विभागमा फाइल पठाइसकेको उनले जानकारी दिए । उक्त खण्डमा पर्ने बाग्मती, पौराई, लमाहा, चाँदी, सत्यारी र अमोमा गरी ६ ओटा पुल बनाइने निर्माण कम्पनीले बताएको छ ।

विभागका इन्जिनीयर सुमोद पोखरेलका अनुसार साढे २ वर्षभित्र रेलमार्ग निर्माण सक्नुपर्नेेछ । निर्माण कम्पनीलाई करीब सवा ३ अर्ब रुपैयाँमा धन्सार बाग्मती खण्डको कामको जिम्मा दिइएको उनले बताए ।

चालू आर्थिक वर्षको मंसिरमा मूल्यांकनका आधारमा रेलमार्ग निर्माणका लागि अर्थ मन्त्रालयसँग रू. १० खर्ब ७४ अर्ब २७ करोड १४ लाख ९४ हजार माग गरिएको उनले जानकारी दिए । सरकारी लगानीमा बर्दिबास–निजगढ खण्डको ७० किमी रेलमार्गको ट्र्याक निर्माण शुुरू गरिएको विभागले बताएको छ ।

यस वर्ष रेल्वे स्टेशन, लिक हाल्ने, खानेपानी र विद्युत्को काम सक्ने विभागको योजना छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता
प्रदेश २: ३२ लाख नक्कली नेपाली रुपियाँ बरामद
जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्थानीय तहसम्म संगठन बिस्तार गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]