About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
प्रधानमन्त्री ओली आइसोलेसनमा

खोज केन्द्र आइतबार, आश्विन १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय नै कोरोना भारइरस सङ्क्रमणमा परेको छ । सचिवालयका चार जना, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि सङक्रमण भएको छ ।

चार जनालाई सङक्रमण भएपछि प्रधानमन्त्री ओली आइसोलेसनमा बस्ने भएको छ । उनको फेरि स्वाब संकलन गर्ने तयारी छ । विदेश मामिला सल्लाहकार डाक्टर भट्टराइले कसरी सङ्क्रमण भयो भन्ने विषयमा थाहा हुन नसकेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको छ ।

प्रधानमन्त्री ओली केही दिन भेटघाट बन्द गर्ने मनस्थितिमा छन ।

गत बिहीबार स्वाब परीक्षण रिपोर्ट भने प्रधानमन्त्री ओलीसहित श्रीमती राधिका शाक्यको नेगेटिभ देखिएको थियो ।

प्रधानमन्त्रीले सावधानीका साथ नै भेटघाट गर्दै आएकाले उनमा जोखिम कम रहेको विदेश मामिला सल्लाह कार भट्टराईको भनाई छ ।,

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]