About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
अफताव आलम प्रकरण : इँटाभट्टाका हेड मिस्त्री रौतहट बाट पक्राउ

खोज केन्द्र शनिबार, आश्विन १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कांग्रेस नेता अफताव आलमसँग मिलेर रौतहटमा दर्जनबढीलाई जिउँदै जलाएको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

बारा सिम्रौनगढ नगरपालिका-४ का ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो। 

सहनीलाई प्रदेश नम्बर २ कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका-७ स्थित नेपाल-भारत सीमाको बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए। 

सिंहका अनुसार उनी इँटाभट्टाका हेड मिस्त्री हुन्। 

अफताव आलम र महताब आलमको निर्देशनमा २०६४ सालमा त्रिलोकप्रताप राजपुतसमेतलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो ।

पहिलो संविधानसभा निर्वाचनको चुनावलाई लक्षित गरी २०६४ साल चैत २७ गते रौतहट साबिक फरदहवा गाविस-४ का शेख इद्रिसको गोठमा बम विस्फोट गराइएको थियो। सो विस्फोटमा तीन जनाको मृत्यु र करिब १६ जना घाइते भएका थिए। 

ती घाइतेलाई नजिकैको इँटाभट्टामा लगेर जिउँदै जलाइएको थियो। सो घटनामा अफताव पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

प्रारम्भिक अनुसन्धानमा सहनीले घाइते तथा मृतकलाई इँटाभट्टाको थुप्रोमा हालेको स्वीकार गरेको डिआइजी सिंहले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]