प्रदेस नम्बर २ को समाजिक विकास मन्त्रालयले कोरोनाको नाममा ब्यापक भ्रष्टाचार गरेको बाहिरिएपछि संघिय सांसद उपसमितिद्वारा स्थलगत अनुगमन तथा छानबीन सुरु गरेको छ ।
कोरोना महामारीमा प्रदेश २ ले गरेका भ्रष्टाचार तथा अनियमितताको अनुगमन तथा छानबीन गर्न गठित संघिय संसदका उपसमितिले सामाजिक विकास मन्त्री मा.नवल किशोर साह संग धारणा लिएको छ ।
उपसमितिका सदस्यहरु सांसद जिवनराम श्रेष्ठ, एकवाल मियाँ र नमिता कुमारी चौधरी सहितको टोलिले मन्त्री साह सहित सम्बन्धित अधिकारी र कर्मचारीहरु संग भेटेका छ्न ।
अनुसन्धान का लागि आवश्यक प्रक्रिया अन्तर्गत उनीहरु संग भेटेका हुन ।
उक्त टोलीले प्रदेस २ सरकारले कोरोना कालमा गरेको अनियमितता सहितको प्रतिबेदन संघिय सरकारलाई बुझाउने जनाएको छ ।