About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
मुसहर उत्थान अभियान : अब राष्ट्रिय, प्रदेशस्तर र जिल्ला–जिल्लासम्म

खोज केन्द्र शुक्रबार, आश्विन १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

पुस्तौँदेखि चरम गरिबी, रोग, भोक, शोक, अन्याय, अभाव, अत्याचार र अमानवीय जीवन जिउन बाध्य मुसहर समुदायको उत्थानको अभियानले थप गति लिने भएको छ ।

मुसहरको उत्थानका लागि गएको दशकयता चल्दै आएको ‘शक्तिहीनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियान’ (भोर) लाई अझै बढी सशक्त र प्रभावकारी बनाउने निर्णय भएको छ ।

अभियानले प्रदेश र जिल्लास्तरमा समेत समिति विस्तार गरेको छ । अभियान सन् २००९ देखि सञ्चालित छ । अभियानका अध्यक्ष पचुलाल माझी मुसहरले अभियानलाई देशव्यापी बनाउने उद्देश्यले प्रदेश र जिल्लास्तरमा समेत संयोजकहरू तोकिएको जानकारी दिए ।

‘जसको सवाल उसको नेतृत्व’ भनेझैँ मुसहरको उत्थान, क्षमता अभिवृद्धि र सशक्तिकरणका लागि मुसहरले नै नेतृत्व लिन थालेका छन् ।

अभियानको राष्ट्रिय संयोजकमा अनुप माझी, सूचना प्रविधि प्राविधिक संयोजकमा राजकुमार सदाय, प्रदेश एक संयोजकमा सुदेशी ऋषिदेव र भावना ऋषिदेव, प्रदेश दुई संयोजकमा धनिर सदाय र सलिता सदा र बागमती प्रदेश संयोजकमा सुन्दर सदा तोकिएका छन् ।

यस्तै, जिल्लातर्फ पर्सा संयोजकमा सनोज माझी, बारा संयोजकमा अस्मिताकुमारी माझी, रौतहट संयोजकमा नथुनी माझी, सर्लाही संयोजकमा महेश माझी, महोत्तरी संयोजकमा रामवेचन सदा, धनुषा संयोजकमा विजय सदा र अजय सदा, सिराहा संयोजकमा सुनिल सदा, सप्तरी संयोजकमा जयकान्त ऋषिदेव र प्रवीण सदा, सुनसरी संयोजकमा सुरज सदा, मोरङ संयोजकमा उषा ऋषिदेव, झापा संयोजकमा रेखा ऋषिदेव, उदयपुर संयोजकमा बनहु सदा र सिन्धुली संयोजकमा हरिलाल मुसहर चयन भएका छन् ।

अभियानलाई थप बलियो बनाउन समिति विस्तार गरी मुसहर समुदायको समग्र उत्थान अभियान सञ्चालन गरिने अध्यक्ष माझीले बताए ।

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]