About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
एडीबी परियोजना: जनकपुरमा गुणस्तरहीन निर्माण, जताततै सडकमै भ्वाङ

खोज केन्द्र शुक्रबार, आश्विन १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

एसियाली विकास बैंकको ऋणमा निर्माण गरिएको सडक केही महिना नबित्दै भत्किएको छ । एडीबी परियोजना अन्तर्गत जनकपुरमा गुणस्तरहीन निर्माण गर्दा जताततै सडकमै भ्वाङ पर्न थालेको छ । 

जनकपुर उपमहानगरपालिकाभित्र एडीबी परियोजनामा सडकमा ठेकेदारको लापारबाहीका कारण भ्वांग परी भत्किएको हो । 

गुणस्तरहीन सामग्रीको प्रयोग गर्दा निर्माण सडकमा ठूलो भ्वांग परेको छ । 

जनकपुर उपमहानगरपालिका कदम चौकमै रमण कन्स्ट्रक्सनले निर्माण गरेको पक्की सडकमा ठूलो भ्वांग परेको छ ।

 सवारीसाधन आवतजावत गर्दै गर्दा पक्की सडक अचान भासिएर भ्वांग परेको डियुटीमा खटिएको प्रहरीले बताए । 

निर्माण व्यवसायी र सम्बन्धित कार्यालयले कमिसनको खेलमा गुणस्तरहीन सडक निर्माण गरेको सडक निर्माणको लागि प्रयोग गरिएको अलकत्र हातले नै उप्किने गरेको स्थानिय ईन्जिनियर अजित मण्डलले बताए । 

पक्की गरिएको सडकमा भ्वांग पर्नु र हातैले अलकत्रसमेत निस्कनु सडकको गुणस्तरबारे पुष्टि गरेको त्यहाँको स्थानीयले बताए । 

बाहिरबाट हेर्दा सडक निर्माण गर्न तोकिएको मापदण्ड पूरा गरेको देखिए पनि सडक पक्की गर्न प्रयोग गरिएको अलकत्राको गुणस्तरतर्फ ध्यान नदिइएको स्थानीयको भनाइ छ । 

पटक पटक गुणस्तरमाथि प्रश्न उठे तापनि सम्बन्धित निकायले वास्ता गरेको छैन । 

 

 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]