About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
सरकारले घटायो करका दर र अन्तःशुल्क

खोज केन्द्र बिहिबार, आश्विन १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले करका दर र अन्तःशुल्क घटाउने निर्णय भएको बताए।

आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दर र अन्तःशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए। यो व्यवस्था बिहीबार नै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको मन्त्री ज्ञवालीले बताए।

त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ (क)को कसूर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ। तेजाव पीडितको नाम र फोटो प्रकाशित गरी सहायोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैह्रकानूनी ठहर गरिएको र त्यस्तो काम गर्ने कसूरमा दण्डाधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको हो।

अक्टोबर ६–७ मा भर्चुअल रूपमा हुने नेपाल–बंगलादेश व्यापार वार्ताका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा १२ सदस्यीय नेपाली वार्ता टोली गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।

उद्योग विभागमा रहेको एकल विन्दुसेवा केन्द्र र खानी विभाग अन्तर्गत रहेको पेट्रोलियम अन्वेश्वण परियोजना र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिमा आर्थिक वर्ष २०७७÷७८ का लागि राजपत्राङ्कित स्तरका २८ पदको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय पनि गरेको मन्त्री ज्ञवालीले बताए।

यस्तै, मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबारदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गरी संयुक्त अधिराज्यका लागि आवासिय राजदूत तथा गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्रआवासिय नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफरिस गर्ने निर्णय पनि गरेको छ।

मुख्य सचिव पदमा भने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई बढुवा नियुक्त गर्ने निर्णय भएको मन्त्री ज्ञवालीले बताए। मन्त्री ज्ञवालीका अनुसार पूर्वअर्थमन्त्री युवराज खतिवडालाई संयुक्त राष्ट्र अमेरिकाका लागि आवासिय राजदूत पदमा र पनामा, कोष्टारिका, मेक्सीको, होन्डुरस, ग्वाटेमालका लागि गैरआवासिय नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको छ।

निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासिय राजदूत र वोत्सुवाना, केन्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्बाब्वेलगायतका देशका लागि ग्रैह्रआवसिय राजदूत पदमा नियुक्त गर्न सिफरिस गर्ने सरकारले निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]