धनुषा महेन्द्रनगर स्थित रक्सी मातेर हनुमान मन्दिर र मुर्ती तोड्फोड गरेका छन ।
जनकपुर ढल्केवर सडक खण्ड महेन्द्रनगर हनुमान चोक स्थित मन्दिरमा राखिएको हनुमान जीको मुर्ती भाँचेका छन ।
हनुमान जीको मुर्तीका कारण नामाकरण भएको हनुमान चोक स्थित बुधवार करिब ८ बजे तिर ज १ ह ५२२३ नम्बरको टेम्पुमा रक्सी खाएर आएका क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने वर्ष ४२ का बाली साह नामको व्यक्तिले हनुमानजीको मुर्ती भाँचेको प्रहरीले जानकारी दिएका छन ।
हनुमानजीको मुर्ती भाँचे लगतै स्थानियले नियन्त्रणमा लिएको साहलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन ।