About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
सर्लाहीका उखु किसानले पाउने भए भुक्तानी: २१ करोड ३४ लाख ९५ हजार निकासा

खोज केन्द्र बुधबार, आश्विन १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्लाहीका उखु किसानले पाउनु पर्ने सरकारी अनुदान वापतको रकम जिल्लामा पठाइएको छ ।

सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

“उखु किसानका लागि सरकारले पठाउनु पर्ने रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको छ, अझै २.५ प्रतिशत बजेट कम निकासा हुन बाँकी छ”, कोलेनिका प्रमुख जगतप्रसाद थपलियाले बताए । गत आर्थिक वर्षमा किसानहरुले पाउनु पर्ने रकम कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्ष पठाएको हो ।

जिल्लाको सर्वेअनुसार उखु किसानका लागि रु २१ करोड ७९ लाख ३८ हजार ६५ निकासा हुनुपर्ने थियो । आव २०७७/७८ को बजेट वक्तव्यमा अर्थ मन्त्रालयले मुलुकभरका उखु किसानलाई दिनुपर्ने सरकारी अनुदानका लागि रु ९५ करोड छुट्टयाएको थियो ।

हाल सो रकम दामासाहीका हिसाबले जिल्लागत रुपमा निकासा गर्दा २.५ प्रतिशतले कमी रकम सर्लाही आएको हो । केही दिनभित्रै जिल्ला भुक्तानी समितिको बैठक बसेर किसानलाई भुक्तानी गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने कोलेनिका प्रमुख थपलियाले बताए ।

बजेट कम भएकाले एकसरो भ्याएजति किसानलाई भुक्तानी सक्ने र बाँकी किसानलाई बाँकी रकम निकासा भएपछि भुक्तानी गर्न सकिने गरी काम अगाडि बढाउने भन्नेबारेमा छलफल भइरहेको समितिका सदस्य­सचिव समेत रहनु भएका कोलेनिका प्रमुख थपलियाले बताए ।

केही वर्षयता सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ५३६.५६ तोक्ने क्रममा उद्योगीले रु ४७१.२८ तथा सरकारले प्रतिक्विन्टल रु ६५.२८ अनुदानस्वरुप किसानलाई उपलब्ध गराएको छ ।

सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो ।

तीनवटा चिनी उद्योग रहेको सर्लाहीमा २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको हरिवन­११ स्थित इन्दुशङ्कर चिनी उद्योग लिमिटेडका उखु प्रबन्धक योगनारायण रजकले बताए ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]