About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
बामदेव मुद्धा किनारा नलागेसम्म मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री केपी ओलीलाई ठूलै सकस

खोज केन्द्र बुधबार, आश्विन १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

अन्ततः बामदेव गौतमको मुद्धा किनारा नलागेसम्म मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री केपी ओलीलाई ठूलै सकस हुने देखिएको छ । गौतमको राष्ट्रियसभा सदस्यबारे सर्वाेच्च अदालतमा परेको मुद्धा भोलिका लागि तय गरिएको छ ।

त्यतिञ्जेल मन्त्रिमण्डल पुनर्गठन नगर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवरोध खडा गरिदिएका छन् । तर प्रधानमन्त्री ओली भने भोलि बिहानसम्म पुनर्गठन गर्न तम्तयार छन् । आज प्रचण्डसँग भएको छलफलमा ओलीले तत्कालै एउटा निकासमा पुगौं भनेको स्रोतले बतायो ।

बामदेवजीको मुद्धा भोलि नै टुंगिने होइन, समय लाग्छ, बरु एउटा मन्त्रालय खाली नै राखेर अहिलेलाई पुनर्गठन गरौं भन्दै ओलीले प्रचण्डसँग सहमति गर्न खोजेका छन् । खासगरी अध्यक्षद्वयबीच पुनर्गठनका लागि निश्चित मापदण्ड बनाउने विषयमा नै धेरै विवाद कायम रहेको बुझिएको छ । ओली अहिले ठूलो पुनर्गठन नगरी खाली मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्न चाहन्छन् भने प्रचण्ड एउटा मापदण्ड नै बनाएर अगाडि बढ्न चाहन्छन् ।

दुबैजनाको आफ्नै इन्टरेस्टले काम गरेको छ– ओली निकट एक नेताले भने – केही मन्त्रीको बहिर्गमन नै समस्याको जड हो । ओलीले चाहेका गृहमन्त्री रामबहादुर थापा र आपूर्तिमन्त्री लेखराज भट्टको निरन्तरताको विषय नै मूलगाँठो हो भन्दै प्रचण्ड भने जसरी भएपनि एउटा मापदण्ड बनाएर उनीहरुलाई बिदाई गर्न चाहन्छन् – उनले भने ।

असोज ४ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेका तीन मोडालिटीमै अहिले छलफल जारी रहेको पनि उनले दावी गरे ।जस्तोसुकै मोडालिटी बनाएपनि प्रधानमन्त्रीलाई काम गर्न सहज बनाउनुपर्ने तर्क ओलीको रहेको छ । तर प्रचण्ड भने पार्टी एकताको सन्देश पनि जानेगरी पुनर्गठन गरिनुपर्ने अडानमा रहेका छन् ।

बाहिर जे भनेपनि वास्तविकता चाहिं केही व्यक्तिको निरन्तरता वा निष्काशनमै अडिएको ती नेताको भनाई छ । ओलीले चाहेका थापा, भट्ट र ईश्वर पोखरेललाई हटाएर गौतम र नारायणकाजी श्रेष्ठलाई पठाउने चाहना प्रचण्डलगायत नेता झलनाथ खनाल र माधवकुमार नेपालको समेत रहेको छ । मन्त्रिपरिषदमा गौतम र श्रेष्ठ हुँदा ओलीको एकलौटी नहुने र आवश्यकता अनुसार प्रतिवाद गर्ने हैसियत रहने बुुझाई उनीहरुको छ ।

तर ओली भने सुरुमा सकारात्मक देखिएपनि अब चाहिं गौतम र श्रेष्ठ प्रधानमन्त्रीका मन्त्री नभई प्रचण्ड, नेपाल र खनालका मन्त्री हुनेगरी प्रस्तुत गर्न खोजिएकाले रोक्ने पक्षमा छन् । यसका लागि पनि ओलीले भोलिसम्म पर्खनैपर्ने अवस्था छ । किनभने भर्खरै पार्टी भित्रको विवाद सुल्झिएको सन्देश दिनसमेत ओली एक्लै अगाडि बढ्ने पक्षमा देखिंदैनन् ।

तर ओलीको भित्री चाहना चाहिं अझैपनि नेताहरुलाई कर्नरमै पार्ने देखिएको छ । गौतम र श्रेष्ठलाई पुनर्गठनमा नपार्ने उनको दाउ पनि त्यसैको एउटा अंशका रुपमा आएको ठम्याई असन्तुष्ट पक्षको रहेको छ । मन्त्रालय टुक्र्याउने र मन्त्री छान्ने विषयमा नेताहरुको राय लिएजस्तो गर्ने तर निर्णय भने आफूखुशी गर्ने सोचमा ओली रहेका छन् ।

त्यसको छनक ओलीले प्रचण्डलाई हिजोकै छलफलका क्रममा दिइसकेका हुन् । ओलीले हिजो प्रचण्डसँग भनेका थिए– साथीहरुको सुझाव लिएर निर्णय मैले गर्ने हो, प्रधानमन्त्रीलाई सजिलो हुने गरी टिम बनाएर काम गर्न नदिने हो भने समस्या हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]