About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेस २: ‘रियल टाइम’ पीसीआर मेसिन खरिदमा करोडौं भ्रष्टाचार

गोबिन्द महतो बुधबार, आश्विन १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका निमित्त महँगोमा स्वास्थ्य सामग्री खरिद गरी अनियमितता गरेको पाइएको छ।

सप्तरीको राजविराज, धनुषाको जनकपुर र रौतहटको गौरमा कोरोना परीक्षणका लागि ‘रियल टाइम’ पीसीआर मेसिनसहित विभिन्न १४ थान उपकरण खरिदमा करोडौं भ्रष्टाचार भएको पाइएको हो।

प्रदेश २ सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत आरडीटी–पीसीआरसँग सम्बन्धित उपकरण खरिदमा बजार मूल्यभन्दा धेरै २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँमा खरिद गरेको छ। तर, सोही मेसिन र उपकरण २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन तयार फर्मको बोलपत्र रद्द गरिएको छ। खरिद प्रतिस्पर्धामा सहभागी भएका फर्ममध्ये सस्तोमा दिनेबाट खरिद नगरी महँगो दर रेटमा खरिद गरेर करोडौं भ्रष्टाचार गरेको पाइएको छ।

पीसीआर परीक्षणमा प्रयोग हुने १४ सामग्रीसहितका उपकरण सरकारले २ करोड ४९ लाख ७० हजार रुपैयाँमा किनेको छ। जसमा ३२ लाख ४६ हजार १ सय रुपैयाँ भ्याटसमेत जोडेर पूरै लागत २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँ पर्न गएको छ। तर, उल्लेखित सबै सामग्री राइनले कुल २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन प्रस्ताव गरेको भए पनि उनको बोलपत्र रद्द गरिएको छ।

यसैगरी, पछिल्लो पटक रौतहट गौरमा जडान गरिएको पीसीआर मेसिन एन्ड एक्स्ट्र्याक्सनसहितका स्वास्थ्य सामग्री खरिदमा समेत कम मूल्यको कम्पनीलाई पन्छ्याएर बढी मूल्य पर्ने कम्पनीसँग मेसिन खरिद गरिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले झन्डै २१ लाख बढी पर्ने कम्पनीसँग सम्झौता गरेर मेसिन खरिद गरेको पाइएको छ।

आपूर्ति व्यवस्थापन केन्द्रले साउन २९ मा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियन्त्रण २०६४ को नियम १४५ बमोजिम विशेष परिस्थितिमा खरिद हुनेसम्बन्धी व्यवस्थाअनुरूप औजार उपकरण खरिदका लागि सातदिने सूचना प्रकाशन गरेको थियो।

उक्त सूचनाबमोजिम पीसीआर (रियल टाइम मेसिन) र एक्स्ट्र्याक्सन प्याकेज–१ मा तीन वटा फर्मको बोलपत्रमध्ये सबैभन्दा बढी रकम प्रस्ताव गरेको कम्पनीसँग खरिद गरी सबैभन्दा न्यूनतम रकम प्रस्ताव गरेका कम्पनीको बोलपत्र रद्द गरिएको छ।

दुई पटक बोलपत्र आह्वान गरी खरिद गरिएका तीन पीसीआर मेसिनमा दुवै पटक कम मूल्य प्रस्ताव गरेको कम्पनीलाई पन्छ्याउँदै बढी मूल्य पर्ने कम्पनीसँग सम्झौताको मुख्य कारण फर्मको आवश्यक कागजात पूरा नभएको र प्राविधिक रूपमा मूल्यांकन समितिले छनोट नगरेको सूचना अधिकारी श्रवण नायकले बताए।

‘विश्व स्वास्थ्य संगठनको मान्यताअनुरूप यूएसएफडीए हुनुपर्नेमा अन्य कम्पनीको एफडीए मात्र भएकोले बढी मूल्य भए पनि मापदण्ड पूरा गरेर खरिद गरिएको छ’, उनले भने, ‘प्राविधिक रूपमा राम्रो र उच्चस्तरीय मेसिन खरिद गर्दा मूल्यभन्दा उपयुक्तता बढी महत्त्वपूर्ण हुन्छ, त्यसै पनि सबै बोलपत्रबाट एउटा मात्र स्वीकृत हुने हो।’

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र निर्देशक डा. प्रमोदकुमार यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीका छोरा सुमित साहसहितको मिलेमतोमा नै सरकारले जानीजानी बजारको चलनचल्ती मूल्यभन्दा धेरै महंगो दरमा सामान किनेको स्रोतको दाबी छ।

केन्द्रका निर्देशक डा. यादवले स्वास्थ्य निर्देशनालयका निर्देशक हुँदा नै मेडिसोलुसनबाट सामान खरिद गर्ने गरेका कारण फर्मसँग उनको साँठगाँठ पुरानै रहेको स्रोतको दाबी छ। यता केन्द्रका निर्देशक डा. यादवले पीसीआर मेसिन अभावमा खरिद हुँदा स्वाभाविक रूपमा महँगो हुने तर्क गरे।

-अन्नपूर्णा पोष्ट बाट

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]