About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
नेपाल रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन

खोज केन्द्र मंगलबार, आश्विन १३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर रेल सञ्चालनका लागि विभिन्न २९ पदमा १ सय २९ जना कर्मचारी माग गरेकोमा करिब ३२ हजारले आवेदन दर्ता गराएका छन ।

अन्तिम म्याद १२ असोजसम्म करिब ३२ हजारले आवेदन दिएको कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘कुन पदमा कति जनाले आवेदन दिएका छन् भन्ने छुट्याउने काम भइरहेको छ । २९ पदमा एक सय २९ जना माग भएकोमा करिब ३२ हजारको हाराहारीमा आवेदन परेको छ ।’

स्टेसन मास्टर, लेखा, प्रशासन, सुरक्षागार्डलगायतका २९ वटा पदमा एक सय २९ जना  कर्मचारी माग गरिएको कम्पनीले बताएको छ ।

३२ हजारमध्ये पहिलो चरणमा शैक्षिक योग्यता, अनुभवलगायतका आधारमा उपयुक्त उम्मेदवारको सूची सार्वजनिक गरिने भट्टराईले बताए ।

मौखिक परीक्षापश्चात् उत्कृष्ट आवश्यक एक सय २९ जनालाई तत्काल नै नियुक्ति दिने उनले बताए ।

रेल आइसकेको अवस्थामा कुनै पनि हालतमा रेल सञ्चालन हुने उल्लेख गर्दै उनले भने, ‘रेल चल्दैन भनेर नसोच्नुस्, रेल कुनै पनि हालतमा सञ्चालन हुने नै हो, रेल प्रधानमन्त्रीज्यू र आमनेपालीको सपना हो, त्यसकारण रेल सञ्चालन निकट भविष्यमै हुन्छ ।’

कोरोना नियन्त्रण नभए नेपालभित्रै रेल चलाउँछौँ : महाप्रबन्धक भट्टराई

कोरोना महामारीबीच नेपाल र भारतको क्रस बोर्डर भएर चल्ने जनकपुर– जयनगर रेल सञ्चालनमा ढिलाइ भए पनि रेल चाँडै नै चल्ने महाप्रबन्धक भट्टराईले बताए ।

उनले भने, ‘नेपालभन्दा छिमेकी देश भारतमा कोरोनाको कहर बढी छ, त्यसकारण नेपाल–भारत रेल चलाउन नसकिए पनि नेपालभित्रै भए पनि रेल चलाउँछौँ ।’

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]