भन्थ्यौ तिमी अघी बढ
धेरै भन्दा धेरै पढ़
चन्द्रमा नि छुनु भन्थ्यौ
केहिमा कमी नहनु भन्थ्यौ
तिमीलाई रुवाई गए बाबा
तिमीलाई छोडि गए आमा
अन्धकार मा बिलिन भए
धर्ती भित्रै लिन भए
मैले सधै हारे यहाँ
मलाई त मारे यहाँ
कतै हिड्न पाइन मैले
गरी खान पाइन मैले
लुछि लुछी मासु खाए
घटघटी रगत पिए
बाँच्न मैले पाइन बाबा
कलिलैमा मारे आमा
बाचा पुरा गर्न सकिन
दानब संग लड़न सकिन
मलाई सधै मारे यहाँ
मैले त हारें यहाँ
ब्वाॅंसा हरु डुलेका छन्
लुकीलुकी घुमेका छन्
सबैलाई खान्छन तिनले
चिथोरेरै मार्छन तिनले
बहिनी जोग़ाऊ बाबा
दिदीहरू बचाऊ आमा
मैले त हारे यहाँ
मलाई त मारे यहाँ ।