मगही भाषा अभियानी बिजय कुमार दासको स्वरमा हमरा ओठपरसे तोहर नाम नै जाइय भन्ने बोलको मगही भाषाको अडियो गीत अनुप काला युटुव च्यानलबाट सार्वाजानिक भएको छ ।
यस गीतको लेखक बिजय कुमार दास रहेको छ भने संगीत अमरेन्द्र महतोले दिएका हुन । साथै यस मगही भाषा गीतमा संगीत पनि स्वयम दासले दिएका छ्न । गीतको म्युजिक बनाउनमा देबान्नद सिंहले सहयोग गरेका हुन ।
मगही भाषा प्राचीन भाषा भएतापनि संगीत क्षेत्रमा पछाडी परेको देखिन्छ । यस मगही भाषा गीतमा प्रेम स्नेहको पीडा वर्णन गरिएको छ ।
अडियो सार्वजनिक लगतै भिडियो पनि बजारमा चाडै आउने छ ।यस अघि मगही भाषाको गीत बिजय कुमार दासको स्वरमा बिधालय निर्माण मे चलु सबकोइ जुटु यौ भन्ने अभियान मुलक गीत भिडियो सहित सर्वाजानिक भैइ सकेको छ भने अर्को गीत लेने जय हे हमरो सन्देश रे सुगबा बोलको मगही भाषामा सार्वजनिक भैसकेको छ ।
साथै यो मगही भाषाको गीत बिजय कुमार दासको स्वरमा तेस्रो रहेको छ ।