समाजद्वारा सर्लाहीमा राहत बितरण
कोरोना भाईरस संक्रमणबाट नेपाल सहित विश्व अक्रान्त भएको अवस्थामा प्रदेस नम्बर २ को दलित समुदायको पिडामा नेपाल तराई ईन्जिनियर्स समाजले खाद्यन उपलब्ध गराएर मलहम लगाएका छन ।
प्रदेश २ को ८ वटै जिल्लामा राहत वितरण अभियान शुरु गरेका नेपाल तराई ईन्जिनिर्यस समाजले सोमबार सर्लाहीको रामनगर गाउँपालिका वडा नं ४ बैठा टोलमा रहेका १ सय १ दलित घरपरिवारलाई चामल, दाल सहित खाद्यन्न राहत तथा मास्क र सेनिटाईजर वितरणको छ । उक्त घरपरिवारले पछिल्लो छ महिनामा पहिलो पटक राहत पाएको स्थानियहरुले बताए ।
नेपाल तराई ईन्जिनियर्स समाजका प्रदेस २ अध्यक्ष भगवान झाको प्रमुख आतिथ्य तथा समाजका केन्द्रीय महासचिव दिपेन्द्र साहको बिशेष आतिथ्यमा राहत बितरण गरिएको छ ।
शिक्षा, स्वास्थ्य र यातायात को पहुंचमा निकै पछाडी रहेको सर्लाहीको बैठा टोलमै पुगेर समाजले राहत उपलब्ध गराएपछी स्थानियवासी निकै खुशि भएका छन ।
नेपाल तराई ईन्जिनियर्स समाज मा आवद्व सम्पूर्ण ईन्जिनियर पेशाकर्मीहरुले तलबबाट राहत सामग्री बितरण गरेको अध्यक्ष झाले बताए । सकारात्मक सोच र सामुदायिक बिकासका लागि नेपाल तराई ईन्जिनियर्स समाजले अभियान संचालन गरेको उनले बताए ।
कार्यक्रमका अध्यक्ष तथा जसपाका केन्द्रीय नेता मनिष मिश्राले बैठा टोल बिकासमा निकै पछाडी परेकाले बिकास निर्माणको योजना उपलब्ध गराउन नेपाल तराई ईन्जिनियर्स समाज मार्फत सरकारलाई आग्रह गरेका छन ।
नेपाल तराई ईन्जिनियर्स समाज ले यस अघि धनुषा, सिरहा, महोत्तरी, बारा, पर्सा र रौतहटमा दलितहरुलाई राहत बितरण गरि सकेको समाजका केन्द्रीय महासचिव दिपेन्द्र साहले बताए ।
कोरोना संक्रमणवाट बच्ने उपायहरु सम्बन्धमा समेत कार्यक्रममा जनचेतना जगाउने काम जारी रहेको छ ।