धनुषाको बटेश्वर गाउँपालिका वार्ड नम्बर २ मा धर्मेन्द्र यादव गोपालको १६ हऔं स्मृति दिवस सम्पन्न भएको छ ।
यादव माओवादी पार्टीमा बिधार्थीकाल देखी नै विभिन्न मोर्चा सम्हालदै आएका थिए । भूमिगत समयमा यादव २०६१ साल असोज ११ गतेका दिन धनुषाको पौडेश्वरमा प्रहरीद्धारा २७ वर्षको उमेरमा मारिएका थिए ।
तत्कालिन मओवादी पार्टीमा संगलगन यादव क्रान्तिकारी स्वभावका थिए ।
कार्यक्रमका प्रमुख अतिथि धनुषा क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्य शत्रुधन महतो शहिद परिवारलाई सम्मान र शहिद परिवारलाई रोजगर दिनुपर्छ भन्ने कुरामा जोड दिनुको साथै लव कुश चौकमा रहेको शहिद राम करण महतोको शालिक देखि शहिद धर्मेन्द्र यादवको शालिक सम्म बीचको बाटोको नामाकरण शहिद यादव र महतोको नाम जोडेर गर्नुपर्ने बताए ।
त्यसैगरी विशिष्ट अतिथि कार्यक्रमा बोल्दै प्रदेश सभा सदस्य राम चन्द्र मंण्डल भन्नुभयो समाजमा जन्मने र मर्ने प्रक्रिया चलि रहन्छ तर जो देश र जन्ताको लागि लडछ र शहादत प्राप्त गर्छ उसैलाई जन्ताले याद गर्छ र उसैको ईतिहास बन्छ भन्ने कुरा बताए ।
कार्यक्रममा शहिद यादवका आमा बुवालाई प्रमुख अतिथि र विशिष्ट अतिथिले दोसला ओेढाएर सम्मान गर्नभयो ।कार्यक्रको स्वागत मन्तव्य वटेश्वर गाउँपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष गंगा राम कुवरले राखेका थिए ।
त्यसै गरी कार्यक्रमको अध्यक्षता शहिद यादवका पिता शिव लाल यादवले गरेका थिए भन्ने कार्यक्रममा सहभागि बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत उपाध्यक्ष प्रमिला देवी महतो दिलिप लामा,राम कुमार महतो ,तारा देवी महतो,राम कुमारी महतो हिरा लाल महतो लगायतका नेताले आफ्नो मन्तव्य राखेका थिए भन्ने कार्यक्रमको उद्धोृषण राम वृक्ष महतोले गरेका थिए ।