About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्याज माफिया: ३५ रुपैयाँमा खरिद गरी १ सयमा बिक्री गर्छन ब्यापारी

खोज केन्द्र आइतबार, आश्विन ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बजारमा सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको सुकेको प्याज व्यापारीहरूले भारतबाट प्रतिकेजी ३५ रुपैयाँमा खरिद गरेर ल्याएकाे पाइएको छ । 

विराटनगर भन्सारमा बुझाएको बिलबिजकअनुसार  पछिल्लो समय भदौ र असोज महिनामा आयात गरेको प्याज व्यापारीहरूले भारतमा  प्रतिकेजी २२ रुपैयाँ भारु अर्थात् नेपाली ३५ रुपैयाँ मूल्यमा खरिद गरेको पाइएको हो ।   

विराटनगर भन्सार कार्यालयका अनुसार भदौ महिनामा  विराटनगर नाकाबाट  प्रतिकेजी ३५ रुपैयाँ खरिद मूल्यमा १३ लाख १० हजार रुपैयाँ बढीको ३१ मेट्रिक टन सुकेको प्याज आयात भएको छ । 

जुन प्याज नेपालको तराईका बजारमा एक सय रुपैयाँभन्दा बढीमा  व्यापारीहरूले अभाव देखाउँदै बिक्री गरिरहेका छन्। 

विराटनगर भन्सारबाट आयात भएको आलु प्रतिकेजी भारु १५ अर्थात् नेरु ३२ रुपैयाँमा खरिद भएको पाइएको छ । आलु हाल नेपाली बजारमा प्रतिकेजी ६० देखि ७० रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ । 

लकडाउन सुरु भएदेखि भदौ मसान्तसम्ममा विराटनगर भन्सारबाट ५२ करोड ३५ लाख ७४ हजार रुपैयाँबराबरको  तरकारी आयात भएको छ ।

भन्सार कार्यलयको तथ्यांकअनुसार ११ चैत ०७६ देखि असार मसान्तसम्मम ३२ करोड ५३ लाख एक हजार नाै सय ७६ रुपैयाँको तरकारी आयात भएको छ ।  

चालू वर्ष ०७७/७८ को साउन र भदौ महिनामा  १९ करोड ८२ लाख ७२ हजार  रुपैयाँबराबरको चार हजार ६ सय २२ मेट्रिक टन तरकारी आयात भएको छ । जसमध्ये साउनमा नाै करोड ९५ लाख ५९ हजार  र भदौमा नाै करोड ८७ लाख १२ हजार मूल्य बराबरको दुई हजार ९३ मेट्रिक टन हरियो तथा सुकेको तरकारी आयात भएको छ । 

विराटनगर भन्सारबाट मुख्य आलु, प्याज, लसुन र  हरियो तरकारी नेपालतर्फ आयात हुने गरेको छ । भन्सार कार्यालयका अनुसार प्रायः सबैखाले हरियो तरकारी प्रतिकेजी भारु २० अर्थात् नेरु ३२ रुपैयाँमा खरिद भएको पाइएको छ । 

भारतबाट आयात भएका कुनै पनि हरिया तरकारी बजारमा  ७० रुपैयाँभन्दा कममा बिक्री भएका छैनन् ।    

 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]