About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
प्रदेस २: श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा

खोज केन्द्र आइतबार, आश्विन ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

उखु किसानहरूले भुक्तानी माग गर्दै राजमार्ग नै अवरुद्ध पारेर दुई दिनदेखि सडकमा प्रदर्शन गर्दै आएका छन्।

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले गत आर्थिक वर्षसम्म किसानसँग किनेको उखुको मूल्य भुक्तानीको माग गर्दै तीन दिने चक्काजाम घोषणा गरी उखु उत्पादक संघ रौतहटले आन्दोलन गरिरहेको छ।

शनिवार एक घन्टा चक्का जाम गरेका उखु किसानहरूले आइतबार दुई घन्टा सडक अवरुद्ध पारेका हुन्। उखु किसानहरूले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापनपत्र बुझाउँदै तीन सूत्रीय माग तीन दिनभित्र पूरा गराउन सकारात्मक पहल गर्न आग्रह गरेका थिए।

उनीहरूले तीन दिनभित्र माग पूरा गराउने पक्षमा सकारात्मक पहल नभए चक्का जाम गर्ने आन्दोलनको घोषणा गरेका थिए।

गत आर्थिक वर्षसम्मको सम्पूर्ण रकम गरी किसानहरूले उद्योगबाट लिनुपर्ने करिब ४१ करोड रुपैया तत्काल भुक्तानी पाउनु पर्ने, उद्योगका श्रमिक–मजदुरहरूको उपदान, क्षतिपूर्ति तथा विमाको रकमको भुक्तानी दिनुपर्ने र उद्योग सञ्चालन गर्नुपर्ने माग राखी किसानहरूले आन्दोलन गरिरहेका छन्।

किसानहरूको आन्दोलनमा उद्योगका मजदुरहरूको पनि समर्थन रहेको छ। यसैगरी स्थानीय प्रमुख राजनैतिक दलको पनि किसानहरूको आन्दोलनप्रति समर्थन रहेको छ।

किसानहरूले माग पूरा गराउन पूर्व–पश्चिम राजमार्गसित सदरमुकाम गौरलाई जोड्ने सहायक राजमार्गको गरुडास्थित श्रीराम सुगर मिल्स अगाडि मूल सडकमै टेन्ट गाडेर चक्काजाम गर्दै आएका छन्।

गत ११ साउनमा उद्योग प्रशासनले श्रीराम सुगर मिल्स बन्द भएको सूचना प्रकाशन गरेको थियो। गत वर्ष उद्योग सञ्चालनमा आउनुभन्दा पहिले उद्योग र उखु किसानबीच सबै किसिमको भुक्तानी किसानलाई २०७६ चैतभित्र दिइसक्नुपर्ने सहमति भएको उखु उत्पादक संघ रौतहटका सफिन्द्रप्रसाद यादवले बताएका छन्।

उद्योगले सहमतिअनुसार भुक्तानी नदिएकोले आन्दोलन गर्न बाध्य भएको र सोमवारसम्म कुनै ठोस उपलब्धि नभए पूर्ण घोषणाअनुसार आन्दोलनको थप कार्यक्रम घोषणा गरिने यादवले बताएका छन्।

किसानहरूको माग सम्बोधनको लागि जिल्लादेखि केन्द्रसम्म पहल भइरहेको तर आइतवार दिउँसोसम्म ठोस उपलब्धि कतैबाट नभएको यादवको भनाइ छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]